कोरोनाको खोपवारे विश्व स्वास्थ्य संगठनले जुन कुरा बोलेकै रहेनछ

कोरोनाको खोपवारे विश्व स्वास्थ्य संगठनले जुन कुरा बोलेकै रहेनछ

कोभिड-१९ विरुध्दको खोपवारे केही अखबार र अनलाइनमा भ्रमपूर्ण समाचार आएको भन्दै विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ । संगठनले पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी गरिएको प्रचारलाई भ्रामक भनेको छ ।

एउटा खोपको विकल्पमा अर्को खोप स्वीकृत गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै यो पूर्णरुपमा गलत र आक्षेपयुक्त प्रचार रहेकोे सङ्गठनको ठहर छ ।

उसले ‘यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ । उसले अझ अगाडि भनेको छ-दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताबारे सीमित तथ्यांकहरु मात्र उपलब्ध छन् । भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेका छन् । एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निश्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक छ ।’

स‌गठनको तर्फबाट सन्चार अधिकृत छिरिङ् डोल्कर गुरुङ्गले हस्ताक्षर गरेकी छन् ।

 

टिप्पणीहरू