कोर्स करेक्सनका लागि तयार भए ओलीलाई स्वागत गर्न माधव तयार

कोर्स करेक्सनका लागि तयार भए ओलीलाई स्वागत गर्न माधव तयार

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गल्ति स्वीकार गरे प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य हुनसक्ने बताउनुभएको छ ।

विपक्षी गठबन्धनले आज सम्पादकहरूसँग गरेको छलफलका क्रममा नेता नेपालले ओलीकै कारण मुलुक अप्ठेरोमा पुगेकाले कोर्स करेक्सन गरेर जानुपर्ने बताउनुभयो ।

ओलीको अहंकारका कारण संसद विघटन भएको भन्दै उहाँले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न चाहे स्वागत गर्नुपर्ने बताउनुभयो । संसद विघटन गरेर चुनाव घोषणा गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आफूहरु संघर्षमा उत्रनुपरेको उहाँको भनाई छ ।

‘ओलीले संसद विघटन गरेर मुलुकलाई अनिश्चिततामा धकेलेका छन् । हुनै नसक्ने चुनाव घोषणा गरेर अहंकार देखाएका छन् । हामीले कोर्स करेक्सन गर्न चाहिरहेका छौँ । मान्छे हुन्,कहिलेकाहीँ गल्ति हुन्छ । गल्ति स्वीकार्दै कोर्स करेक्सन गरेर आए भने केपी ओलीजीलाई स्वागत गर्न सकिन्छ,’ नेता नेपालले भन्नुभयो ।

टिप्पणीहरू