कुकुरका कारण…

नाइजेरियाका एक पुरुष अनाहक जेल पुगेका छन् । ओगुन जिल्ला बस्ने ३० वर्षीय जोए फोर्तेमोस चिनाक्वेमाथि प्रहरीले राष्ट्रपतिको नाउँबाट कुकुरको नाउँ राखेको आरोप लगाएको छ । स्मरणीय छ, त्यहाँका वर्तमान राष्ट्रपति मोहमद बुहारी हुन् र चिनाक्वेको कुकुरको नाउँ पनि बुहारी छ । प्रशासनले उनीमाथि शान्तिभंग गरेको आरोप लगाएको छ तर चिनाक्वे भने आफू राष्ट्रपति बुहारीको भ्रष्टाचारविरोधी अभियानको समर्थक भएकाले कुकुरको नाउँ बुहारी राखेको तर्क गर्छन् । आप्रवासी छिमेकीले दिएको उजुरीकै आधारमा प्रहरीले आफूलाई पक्राउ गरेको उनको दाबी छ । चिनाक्वेले कुकुरको शरीरमा ‘बुहारी’ लेखेर सडकमा हिँडाएको प्रहरी बताउँछ ।

टिप्पणीहरू