हत्यामा एकै घरका ३ जना सँलग्न

हत्यामा एकै घरका ३ जना सँलग्न

कपिलवस्तु नगरपालिका–८, पूर्व डिह बेलौहवाका १८ वर्षीय विजयबहादुर कुर्मीको हत्या गरेको अभियोगमा एकै घरका तीन जना पक्राउ परेका छन् । जसमा कपिलवस्तु नगरपालिका ८ का ३२ वर्षीय रमेश काहार,२३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार हुन् ।

विजय असार ७ गते स्थानीय पोखरीमा मृत अवस्थामा फेला परेका थिए । प्रहरी अनुसन्धानको क्रममा विजयको बास्मती काहारसँग लसपसको सम्बन्ध रहेकाले बास्मतीका पति अनिलसहितले एक महिना अघि बिजयलाई कुटपिट गरेका थिए ।

असार ४ गते बिहान अनिल बिबाहबाट फर्केर घरमा आउँदा विजयलाई आफ्नो कोठामा देखेपछि अनिल,रमेश र बास्मती तीनै जना मिलेर घाँटी कसी तथा कुटपिट गरी हत्या गरेर पोखरीमा शव फालिदिएका थिए ।

उता बेनी नगरपालिका–५ का ५५ वर्षीय भक्तबहादुर कार्कीको हत्या गरी शव म्याग्दी खोलामा फालेर फरार रहेका एक युवा पक्राउ परेका छन् । फरारपछि बेनी नगरपालिका–५ बगुवाखोलाका ३१ वर्षीय सञ्जय बानिया पक्राउ परेका हुन् ।

असार ६ गते बिहानैदेखि सम्पर्कविहीन भएका भक्तबहादुरको खोजी गर्ने क्रममा उनलाई सञ्जयले कुटपिट गरी हत्या गरेपछि म्याग्दी खोलामा फालेका थिए । बानियालाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

टिप्पणीहरू