चौबीस घण्टामा १० अभियुक्त च्याप्पै

चौबीस घण्टामा १० अभियुक्त च्याप्पै

हिजो र आज मुलुकभर भिन्दाभिन्दै कसुरका दश अभियुक्त पक्राउ परेका छन् । कास्की,इलाम,कञ्चनपुर, भक्तपुर र काठमाडौंमा गरी लागूऔषध,जबरजस्ती करणी, जुवाडे र ल्यापटप चोर पक्राउ परेका हुन् ।

कास्कीको पोखरा महानगरपालिका–१० बुध्दचोकबाट ८ केजी २ सय ग्राम गाँजासहित गोरखा आरुघाट गाउँपालिका–३ का २९ वर्षीय लेखबहादुर गुरुङ, इलामको रोङ गाउँपालिका–४ जोरकलसबाट करिब ३ सय मिलिग्राम ब्राउनसुगरसहित झापा कमल गाउँपालिका–३ का २१ वर्षीय प्रवीण थापा पक्राउ परेका हुन् ।

कञ्चनपुरमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका–१० नयाँगाउँ भागेश्वरी टोलका ४० वर्षीय चक्र सार्कीलाई प्रहरीले पक्रेको हो । सार्कीले महिलालाई गोठालो गएको बेला चधरा नदी नजिकै जबरजस्ती करणी गरेका थिए ।

त्यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थली डेरा गरी बस्ने जनकबहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा त्यहि क्षेत्रमा बसोबास गर्ने काभ्रे घुम्लु गाउँपालिका–१ का रमेश पन्त सहित ६ जना पक्राउ परेका हुन् ।

ल्यापटप चोरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८,बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ का विष्णु अधिकारी पक्राउ परेका हुन् । अधिकारीले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेक्सको आयात गोदामबाट विभिन्न समयमा १३ थान ल्यापटप चोरेका थिए ।

टिप्पणीहरू