चुम्बन गर्दा च्याप्पै

केटी साथीलाई चुम्बन गरेको आरोपमा आठ वर्षीया बालिका पक्राउ परेकी छन् । युगाण्डाको राजधानी कम्पालामा निकालिएको समलिंगी जुलुसलाई प्रशासनले रोकेको केही दिनपछि नै बालिका पक्राउ परेकी हुन् । छिमेकीले निज बालिकाले अरु बालिकासँग आपत्तिजनक व्यवहार गर्ने गरेको आफूले पटक–पटक देखेको रिपोर्ट प्रहरीमा दिएकी थिइन् । प्रहरीले बालिका समलिंगी हो वा होइन, पत्ता लगाउने जिम्मा गुप्तचरलाई सुम्पेको छ । युगाण्डाका नैतिक तथा सत्यनिष्ठा मन्त्री सिमोन लोकोडो समलिंगीका कट्टर आलोचक हुन् । उनी इसाइ पादरी पनि हुन् ।

टिप्पणीहरू