शीतल निवासमा सबै सामेल

शीतल निवासमा सबै सामेल

प्रधानमन्त्री पछाडि हट्दै, राष्ट्रपति अगाडि बढ्दै ! अहिले देखिएको यही हो ।

अधिकार छैन, तर सम्माननीय राष्ट्रपतिले शीतल निवासमा देशका सबै सुरक्षा निकायका प्रमुखहरु बोलाएर सुरक्षा र विपद ब्यवस्थापनको स्थितिबारे ब्रिफिङ लिनुभएको छ । परमाधिपतिका हैसियतले सैनिक नेतृत्वलाई कुनै पनि बेला बोलाउन पाउनु त स्वाभाविकै भयो । वरियता, मर्यादा र जिम्मेवारीका दृष्टिले पनि प्रहरी, सशस्त्र र गुप्तचरका प्रमुखलाई सोझै र एकै घानमा बोलाएर ब्रिफि¨ लिनु नौलो अभ्यास हो तर, उहाँले त्यसै गर्नुभयो, गत शुक्रबार दिउँसो ।

त्यसदिन प्रधानसेनापति जंगी अड्डाको बैठक बस्दाबस्दै राष्ट्रपतिको बोलाहटपछि अप्ठेरो मान्दै निस्किए । परराष्ट्र सचिव भरत पौडेल पनि अघिल्लै दिन शीतलनिवास पुगेका थिए । राष्ट्रपतिकहाँ सचिवको अलग्गै काम हुँदैन । कि मन्त्रीसहित जानुपथ्र्यो । तर, त्यसबेला मन्त्री सिंहदरबार मै थिए । शीतल निवासमा आफ्नो तीन बर्षे कार्यकालभरि यस्तो जमघट नभएको सेनापति पूर्णचन्द्र थापाको अनुभूति छ ।

सेनाबाहेकका सुरक्षा निकायमध्ये प्रहरी र सशस्त्र गृह, अनि गुप्तचर प्रधानमन्त्री कार्यालयमातहत छन् । ती निकायलाई राष्ट्रपतिले बोलाउनै परे पनि सम्बन्धित मन्त्री, मन्त्रालय वा सचिवमार्फत बोलाउनुपर्छ । तर, राष्ट्रपतिले सोझै आफैँले बोलाएर शंकाभित्र शंका बढ्ने काम गर्नुभएको गुुनासो छ, गृहका हाकिमहरुको । दैवीप्रकोप नै भए पनि सरोकारवाला निकाय छन् । गृह या प्रम कार्यालयमा बोलाएर काम अह्राउने तिनीहरुले हो । पहिला बालुवाटारमा जब–जब संकट आउँछ, तब–तब कहिले मध्यरात प्रधानन्यायाधीश बोलाउने, कहिले अख्तियार प्रमुख र सेनापति बोलाउने गरेर अरुलाई तर्साइन्थ्यो ।

राष्ट्रपतिले संसद विघटन र धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिबारे अदालतलाई दिनुभएको जवाफमा पनि ‘राष्ट्रपतिले गरेको काम बदर गर्ने अधिकार छैन’ भनेर लेख्नुभएको छ ।

टिप्पणीहरू