अंगमा अचम्म

केन्याली एक युवक अनौठो रोगको कारण निराश छन् । २० वर्षीय सोरेन्सो ओविती ओपियोलाई १० वर्षअघि यस्तो रोग लागेको हो । उक्त रोगकै कारण उनको शिश्न सामान्य युवकको भन्दा १० गुणा ठूलो छ, अर्थात् घुँडासम्म लत्रिएको । किसुमु काउन्टीका सोरेन्सोले असामान्य यौनांगकै कारण स्कुल छाड्नुपरेको छ । कमिज र पाइन्ट लगाउन अप्ठ्यारो छ । पाँच वर्षकै उमेरमा अनाथ भएपछि बज्यैकोमा बस्दै आएका उनको एकपटक शल्यक्रिया भइसकेको छ तर शल्यक्रियापछि सुन्निएको शरीरको अन्य भाग सामान्य भए पनि शिश्न ज्यूँका त्यूँ छ । समयमै शल्यक्रिया गरिएन भने आकार अझै बढ्न सक्ने चिकित्सकको भनाइ छ ।

टिप्पणीहरू