आमालाई सम्झेर

बेलायती राजकुमार ह्यारी सुटुक्क पूर्वी लण्डनस्थित मिल्डमे अस्पताल पुगेका छन्, जहाँ उनकी आमा डायना एड्स रोगी मार्टिनलाई म्वाइ खाएपछि आलोचित बनेकी थिइन् । डायना उक्त अस्पतालमा १७ पटक गइन् । ह्यारी गत वर्ष पनि पुगेका थिए । उनले २६ वर्षीया एचआइभी संक्रमित महिलालाई भेटेर फर्केका छन् । २४ वर्षअघि ती महिलाले डायनाको घुँडा च्याप्प समाउँदा ह्यारी आमासँगै थिए ।

टिप्पणीहरू