उत्तरमा हो, म उभयलिंगी

अमेरिकी अभिनेत्री तथा गायिका १९ वर्षीया बेला थोर्नले आफू उभयलिंगी भएको रहस्य खोलेकी छन् । ट्विटरमा एकजना प्रशंसकले तपाईं उभयलिंगी हो ? भनेर सोधेको प्रश्नमा जवाफ दिएकी छन्, ‘हो ।’ यसै साता एउटी युवतीलाई म्वाइ खाइरहेको फोटो सार्वजनिक भएपछि उक्त प्रश्न उठाइएको हो । यसअघि अभिनेता ग्रेग सुल्किनसँग प्रेम गरेकी थिइन् । एक वर्षपछि गत अगस्तमा मात्र अलग्गिएकी हुन् ।

टिप्पणीहरू