ललितपुरका जातीय नेताहरुको आग्रह ‘रुपालाई कारबाही गर्नु’

ललितपुरका जातीय नेताहरुको आग्रह ‘रुपालाई कारबाही गर्नु’

घरभाडाको विषयमा जातीय विभेदको सिकार भएकी भनिएकी काठमाडौं बबरमहलकी सरस्वती प्रधान हिजो प्रहरी हिरासतबाट मुक्त भएकी छन् । गायिका तथा सञ्चारकर्मी रुपा सुनारले दिएको जाहेरीका आधारमा सिंहदरबार प्रहरी वृत्तले घरबेटी सरस्वतीलाई अनुसन्धानको निम्ति भन्दै हिरासतमा लिएको थियो ।

तर प्रधानको रिहाइले रुपामाथि विना प्रमाण जातीय विभेद गरेको आरोप लागेको छ । हिजो यल जातीय समाजले ललितपुर जिल्ला प्रशासनमा बुझाएको ज्ञापनपत्रमा अनावश्यक ढंगले जातीय विभेदको हल्ला गर्ने रुपा सुनारलाई कारबाहीको माग गरिएको छ ।

यल जातीय समाजका संयोजक समुन्द्रमान रञ्जितकारले बुझाएको ज्ञापनपत्रसँगै खोकना जनसरोकारका अध्यक्ष नेपाल डङ्गोल,बुङ्मती जनसरोकारका अध्यक्ष अष्ट्मान महर्जनलगायतको समूह पनि ललितपुर जिल्ला प्रशासन पुगेको थियो ।

टिप्पणीहरू