नग्न न्यायाधीश

नांगो फोटो सार्वजनिक भएपछि न्यायाधीशले त्यसो गर्न पाउने कि नपाउने भन्ने बहस न्युजिल्याण्डमा चर्किएको छ । ती न्यायाधीश रोलेस्टोनस्थित पाइनग्लेड्स प्राकृतिक क्लब पुगेका थिए, जहाँ सबै सर्वांग नांगिएर हिँडडुल गर्छन् । इन्टरनेटमा ती न्यायाधीशको सबै अंग देखिने तस्बिर र नांगै खेलकुदमा रमाइरहेको फोटो सार्वजनिक भएको थियो । त्यहाँका मुख्य न्यायाधीश ज्याँ–मेरी डुघले ती न्यायाधीशले आचारसंहिता भंग नगरेको दाबी गरेकी छन् ।

टिप्पणीहरू