उदयपुरमा बेवारिसे शव फेला

उदयपुरमा बेवारिसे शव फेला

उदयपुरको कटारी नगरपालिका वार्ड नम्बर ५ स्थित सलहेशको जंगलमा कुहिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

शव असार ८ गते दिउँसो २ बजेतिर घाँस दाउरा गर्न गएका गाउँलेहरुले फेला पारेका हुन् । शव सडे गलेको, किरा तथा औंसा परेर हाडखोर छरिएको अवस्थामा देखेपछि गाउँलेहरुले इलाका प्रहरी कार्यालय कटारीलाई जानकारी गराएका थिए ।

सो शव जंगलको भीरबाट २० फिट तल भेटिएको हो । मृतकले रातो सर्ट,कालो कटन पाइन्ट,सेतो सेन्डो भेष्ट लगाएका छन् । उनको स्पष्ट पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार असार ९ गते उनको लाशलाई कटारी अस्पतालमा मोष्टमार्टम गरी दाह संस्कार गरिएको छ । र, घटनाबारे आवश्यक जाँचबुझ गर्न प्रहरीले शुरु गरेको छ ।

टिप्पणीहरू