असंवैधानिक कदमविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन

असंवैधानिक कदमविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति को मर्म विपरित कार्य गरेको भन्दै प्रमुख पाँच विद्यार्थी संगठनले भोलि देशभर प्रदर्शन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरोध गर्दै भोलि दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रर्दशन गरिने भएको हो ।नेपाल विद्यार्थी संघ,अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले आज संयुक्त विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने कार्य गर्दै आएको विद्यार्थी संगठनले ठहर गरेका छन् ।

उनीहरूले प्रधानमन्त्रीका हरेक असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

संविधानको चीरहरण गरेर दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रा न्त जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को राष्ट्रघात, कुशासन,महङ्गी र भ्रष्टाचार थोपरिरहेको उनीहरूले बताएका छन् ।

टिप्पणीहरू