मौकाको फाइदा उठाउने बेला आएको कमल थापाको ठहर

मौकाको फाइदा उठाउने बेला आएको कमल थापाको ठहर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको उल्लेख गर्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको ठहर गर्नुभएको हो । उहाँले यस्तो बेलामा धक्का दिन सके राप्रपाका मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने दाबी गर्नुभएको छ ।

थापाले विगतका कमी, कमजोरीबाट पाठ सिक्दै,पार्टी एकतालाई अक्षुण्ण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेकोतर्फ औंल्याउनुभएको हो । पार्टीलाई माथि उठाउनको निम्ति जतिसक्दो छिटो महाधिवेशन गर्नुको विकल्प नभएको थापाको धारणा रहेको छ ।

उहाँले पार्टी गतिहीन भएकाले अहिलेको अवस्थामा निर्वाचनमा गए पार्टीले हार व्यहोर्ने समेत ठोकुवा गर्नुभएको छ । ‘त्यसैले विगतका तीता कुरा बिर्सेर एकताबद्ध हुन आमपार्टी पंक्तिलाई आग्रह गर्छु’, उहाँले भन्नुभएको छ ।

टिप्पणीहरू