“३ को बिश्वास गुमाएर ५ मा फड्किन पाइन्न “

“३ को बिश्वास गुमाएर ५ मा फड्किन पाइन्न “

प्रतिनिधिसभा बिघटनसम्बन्धी मुध्दामा बहस जारी छ । रिट निवेदकको तर्फबाट खम्ब खाती र गोविन्द शर्मा बन्दीको बहस सकिएको छ । अहिले महादेव यादवले बहस प्रारम्भ गर्नुभएको छ ।

बहसकै क्रममा अधिवक्ता गोविन्द शर्मा बन्दीलाई रोक्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले प्रश्न तेर्स्याउनुभयो,संविधानको धारा ७६ (५) को प्रधानमन्त्री बन्न ७६ (३) को प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गर्न पाउने कि नपाउने ? जवाफमा बन्दीले ओली ७६ (५) को प्रधानमन्त्री बन्नै नसक्ने जिकिर गर्नुभयो ।संविधानको धारा ७६ (४)मा प्रवेशै नगरेपछि प्रम ओलीले विश्वास गुमाइसक्नुभएको र उहाँ रिजेक्टेड भइसक्नुभएको उहाँको तर्क थियो ।

बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि आएको दाबी इन्कार गर्न मिल्ने कि नमिल्ने,संविधानको धारा ७६ (३) का प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि फेरि ५ अनुसार प्रत्यासी बन्ने र दाबी गर्ने अधिकार राख्ने कि नराख्ने ? ७६(३) को प्रधानमन्त्रीले विश्वासको मत गुमाइसकेको स्थितिमा प्रतिनिधि सभा विघटन गर्न मिल्ने कि नमिल्ने ? र धारा ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियामा राजनीतिक दलको ह्विप लाग्ने वा नलाग्ने ? यी प्रश्नको जवाफ इजलाशले दिनुपर्ने बन्दीको माग छ ।

उहाँपछि वरिष्ठ अधिवक्ता महादेव यादवले बहस प्रारम्भ गर्नुभएको छ । उहाँलाई तीस मीनेटको समय छ । उहाँले संविधानको धारा ७६ उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने जिकिर गर्नुभएको छ । धारा ७६ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउने भएपनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको जिकिर उहाँले गर्नुभएको छ ।

टिप्पणीहरू