मध्यरात कटे के बिग्रन्थ्यो श्रीमान ?

मध्यरात कटे के बिग्रन्थ्यो श्रीमान ?

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका वकिल खम्बबहादुर खातीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने जिकिर गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रतिनिधिसभाको दोश्रो बिघटनविरुद्ध परेको रिटउपर अन्तिम सुनुवाई प्रारम्भ गर्दै खातीले यस्तो जिकिर गरेका हुन् ।

उनले प्रधानमन्त्री ओलीले दूराशययुक्त मनशाय राखेर प्रतिनिधिसभा बिघटन गरेको भन्दै राष्ट्रपतिलाई संविधानको अपव्याख्या गर्ने अधिकार कसले दियो ? भन्ने प्रश्न गरे-

“प्रधानमन्त्री ओलीले १ सय ५३ जना सांसद आफ्नो पक्षमा रहेको देखाए । त्यो दलीय व्यवस्थाअनुसार हो । धारा ७६ को उपधारा ५ ले दलीय व्यवस्था मान्दैन । राष्ट्रपति सेरेमोनियल किङ्गजस्तै हो । उहाँलाई संविधानको गलत व्याख्या गर्ने अधिकार छैन ।” खातीले ओलीले आफ्नो अनुकूल परिस्थिति नदेखेपछि कुत्सित मनशाय राखेर प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे ।

“मध्यराति निर्णय गर्नुपर्ने के थियो श्रीमान् ? यो त राज्यविरुध्दको अपराध हो । भोलिपल्ट संसद् बोलाएर टेस्ट गरेको भए हुँदैन थियो ?”

“संविधानको धारा ७६ (३) का प्रधानमन्त्रीले मार्गप्रशस्त गरेँ भन्नुको अर्थ वैकल्पिक सरकार बन्ने अवस्था हो। वैकल्पिक सरकार बनाउन मार्गप्रशस्त गरेँ भन्ने प्रधानमन्त्रीले फेरि आफै खाने दाबी गर्न मिल्दैन ।

यसपछि बहस अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपतिले मध्यरात चालेको कदम राष्ट्रविरुध्दको अपराध भएको बताएका छन् । “धारा ७६ को उपधारा ३ को विश्वास गुमाइसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्री बन्ने दाबी गर्न सक्छ कि सक्दैन ? ।”,उनले सोधे ।

“७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लगि मत प्राप्त गर्ने आधार देखाए पुग्नेमा देउवाले १ सय ४९ जनाको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउनुभएको,पूर्व प्रधानमन्त्रीसहित १४६ सांसदहरु नै लाइन लागेर उभिएको अवस्थामा योभन्दा ठूलो आधार र प्रमाण के चाहियो ?”वन्दीको प्रश्न छ ।

इजलाशलाई बन्दीले प्रश्न गरे – मध्यराति निर्णय गर्नुपर्ने के थियो श्रीमान् ? यो त राज्यविरुध्दको अपराध हो । भोलिपल्ट संसद् बोलाएर टेस्ट गरेको भए हुँदैन थियो ?

“संविधानका १ देखि ५ सम्म सबै धाराको प्रधानमन्त्री ओली नै बन्नुपर्ने ? यही हो राष्ट्रपतिको मनोविज्ञान ? पार्टी उपाध्यक्षबाट राजीनामा दिएर निष्पक्ष भूमिका खेल्छु भन्दै शीतल निवास गैसकेपछि पनि राष्ट्रपतिले राजनीति गरिरहनु राम्रो कुरा हो ?

संसदमा विश्वासको मत गुमाइसकेको व्यक्तिले फेरि प्रधानमन्त्रीको दावी गर्न मिल्छ ?” -अधिवक्ता बन्दी यसो भन्दै अहिले बहस गरिरहनुभएको छ ।

टिप्पणीहरू