खानेको चाहिँ केही दोष हुन्न ?

राजेशपायल राई, गायक


४२ वर्षकै हट्टकट्टा उमेरमा ‘वारी जमुना, पारी जमुना’ का गायक खेमराज गुरुङको देहान्त भएको छ । उनको देहान्तको घाउ राजेशपायल राईहरूको मनमा आलै छ । त्यसमा पनि खेम अस्वस्थ भएर अस्पताल भर्ना भएको खबर पाउनासाथ उपचार र रेखदेखमा राजेशपायलसहितका कलाकार सक्रियतासाथ जुटे । खेमको परिवारका सदस्यहरू हङकङ र बेलायत हुनाले हो, साथीभाइले अस्पतालमा सक्रिय हुनुपरेको । राजेशपायल आफैँ पनि खेमको जस्तो रोगको सिकार भएर बाँचेका कलाकार हुन् । ०५० को दशकदेखि मूलधारको कलाकारितामा स्थापित राजेशपायलले आधुनिकतर्फ ‘फैलियो माया दुबो सरी’, चलचित्रमा ‘नागबेली–नागबेली चुल्ठोले’ लगायतका गीतबाट बनाएको पहिचान अहिले ‘दर्शन–नमस्ते’ कालसम्म आइपुग्दा संगीत बजारमा उत्तिकै मजबुत छ । खोटाङ बुइपामा जन्मिएका, धरान– ७ भोटेपुलमा हुर्किएका र काठमाडौंमा स्थापित राजेशको परिवारका अधिकांश सदस्य पनि हङकङ र बेलायतवासी छन् । खोटाङ जिल्ला विकास समितिका पूर्वसभापति तथा राप्रपा नेता रत्न राईका छोरा हुन् ।
० बचाउन सकिने अवस्था हुँदाहुँदै खेम गुरुङको निधन भएको भनिन्छ । हो ?
– खेमको परिवार आर्थिक रूपमा पनि सम्पन्न । तर, समयमा कतै न कतै भगवानले साथ नदिएको भन्नुपर्छ । जण्डिस बिग्रिएको हो । यस्तोमा डाक्टरको सर्त हुन्छ, खानपान बार्ने । कतै न कतै ऊबाट त्यो कुरामा कमजोरी भयो । पाँच वर्षदेखिको समस्या हो यो । उसले रोग बिगार्छु भनेर होइन । रसिक मान्छे, साथीभाइको कुरा हार्न नसक्ने । जण्डिस क्लियर भइसकेको थिएन । केही अथवा भएपछि क्लियर भएजस्तो सोचेर मुख बारेन । त्यसैले पटक पटक अस्पताल भर्ना हुनुप¥यो । सुझबुझ भएको मान्छे । ज्ञानगुनका कुरामा भेट्टाउँदैथ्यौँ । ऊजत्तिको मान्छेले यस्तो कुरा पक्कै बझेको होला भन्ने सोच्थ्यौँ ।
० दिल्ली लैजान नसकेर पो निधन भएको हो कि ?
– म जापानमा थिएँ । आउनासाथ अस्पताल गएँ । राम्रैसँग बोल्दै थियो । डाक्टर यादवजी हुनुहुन्थ्यो । उहाँले खेमजीको बारेमा राम्रोसँग बझ्नुभएको थिएन । खेमजीको मिसेज विरामी भएको खबर पाएर हङकङबाट आइसक्नुभएको थियो । परिवारका मान्छेलाई पहिलाको जस्तै केही सामान्य बिरामी होला भन्ने लाग्यो होला । तर, पछि बझ्दा स्थिति गम्भीर रहेछ । कलेजो ट्रान्सप्लान्ट गर्न सबभन्दा राम्रो युके र हङकङ हो । हङकङ ६ घन्टाको र युके १२ घन्टाको फ्लाइट टाइम । बझ्दा दुई वर्षदेखि दिल्लीमा पनि कलेजो ट्रान्सप्लान्ट हुने थाहा पायौँ । रातभरमा पैसा तयार पारेर दिल्लीमा डिपोजिट ग¥यौँ । बिहान साढे ९ बजे एयरबसमा पठाउने कुरा थियो । युकेबाट आउने दिदीहरू पनि उतै पुग्ने सल्लाह थियो । तर, बिहान १० बजे स्थिति खराब भएपछि भेन्टिलेटरमा राख्नुप¥यो । साढे १० बजे ब्लिडिङ भयो । यस्तो अवस्थामा डाक्टरहरूले एयरपोर्टसम्म पनि पु¥याउन नसकिने भने । दिल्लीबाट एयर एम्बुलेन्स उड्न स्ट्यान्डबाई थियो । ब्लिडिङकै कारण भेन्टिलेटरबाट एक सेकेन्ड पनि निकाल्न नसकिने भयो । अब हुन्छ कि भन्दाभन्दै साँझ प¥यो । साढे पाँच बजे एकजना डाक्टरले ‘सरी’ भन्नुभयो ।
० यही काम अघिल्लो दिन गरेको भए ?
– त्यहाँ समयमा निर्णय दिने मान्छे भएनन् । किनभने, उहाँको मिसेज भर्खर हङकङबाट आइपुग्नुभएको थियो । यदि हामीले कसैगरी त्यही दिन मेदान्त पु¥याउन सकेको भए जीवित राख्न सकिन्थ्यो ।
० कलाकारले किन खानपिनमै मार खान्छन् ?
– म साथीहरूलाई कर नगर्न र कलाकारलाई कर नमान्न अनुरोध गर्दछु । यसमा खुवाउनेको मात्रै हैन, खानेको पनि दोष हुन्छ । आफ्नो परिस्थिति हेरेर चल्नुपर्छ । नेपालीको चलनै करमा राख्ने छ । खानपिन साथीभाइले माया गरेको भनेर बुझिन्छ, तर त्यसको परिणाम माया गरेकोजस्तो आउँदैन । जतिबेला नारायणगोपाल वीर अस्पतालकै मृत्यु शैयामा छट्पटाइरहनुभएको थियो, त्यतिबेला पनि उहाँलाई भेट्न जानेले गोजीमा रक्सी बोकेर जान्थे रे † मेरो गीत गाइदियोस्, रक्सी देखेपछि नारायणगोपाल खुसी हुन्छ भनेर त्यसो गरेका रे † पाण्डव सुनुवार अंकल पनि त्यसैको कारण चाँडै जानुभयो । अरुण थापाजस्तो सदावहार गायकलाई पनि यस्तै कारणले गुमाउनुप¥यो ।
० तपाईं पनि थला परेर बाँच्नुभएको होइन ?
– हो । नौ वर्षअघि सुत्दा ठीकै थिएँ । तर, उठ्दा हातखुट्टा नचल्ने भयो । ‘किस्मत’ फिल्मको प्रिमियर सो हेरेर घरमा आराम गर्न सुतेको, उठ्दा अवस्था नाजुक भयो । डाक्टरहरूलाई देखाउँदा रगत बाक्लो भएको भने । कारण उही थियो, खानपान र शारीरिक व्यायाममा ध्यान नदिएको । अढाई महिना अस्पताल बसेँ । दुई लाख रूपैयाँ खर्च भयो । अहिलेको महंगीमा त्यही उपचार गर्नुप¥यो भने करोड पुग्छ । समय र पैसा भन्दा पनि ज्यान जोगाउने मौका पाएँ । विरामी हुँदा तौल ८०–८५ मा थियो । निको भएर घर फर्किंदा ५७ केजी थिएँ । अहिले ६७–६८ केजीको छु । त्यो घटनाले ६ महिना घरमै थन्किएँ । खुट्टा खोच्याउँदै गीत गाउन स्टुडियो पनि पुगेँ । तर, डाक्टरहरूले शरिरलाई धेरै कस्ट नदिनु भन्नुभएको थियो । त्यसैले घरमै बसेँ ।
० स्वास्थ्यलाभ भएपछि जीवनशैलीमा कस्तो परिवर्तन गर्नुभयो ?
– म एकदम धेरै सिगरेट पिउँथेँ । रक्सी पनि त्यत्तिकै खाइन्थ्यो । साथीभाइसँग बसेपछि जहिल्यै मध्यरात सुत्यो । बिहानै उठ्यो, हिँड्यो । कहिल्यै निन्द्रा नपुग्ने । थला परेर उठेपछि रक्सी, चुरोट छोएको छैन । राति १२–१ बजे सुतेँ भने विहान ११–१२ मात्रै उठ्छु । डाक्टरले शरीरलाई आराम दिनुपर्छ भन्नुभएको छ ।
० पहिलाको जीवनशैलीबारे सुनाइदिनुस् न †
– पहिला पनि म बिन्दास पाराको । १२–१३ वर्षअघि एउटा स्टुडियोमा गएर गीत गाउँदा सात–आठदेखि १०–१२ हजारसम्म पैसा कमाइन्थ्यो । स्टेजमा गाउँदा पनि त्यति नै हुन्थ्यो । हातमा पैसा परेपछि साथीहरू बटुलेर खानपिनमै हिँडिन्थ्यो । घरै पुगिएछ भने पनि खायो, बस्यो । दिनभरि कमायो, बेलुका खान बसेपछि कमाएको पैसा सबै त्यहीँ बुझाउने । आम्दानी सकिँदा कहिलेकाँही त उधारो राखेर पनि हिँड्नुपर्ने † साथीभाइसँग हिँड्दा–रमाउँदा यस्तो कुराको त्यति वास्ता नहुँदोरहेछ । फेरि मैले पैसा नै कमाएर पनि गरिहाल्नुपर्ने केही थिएन । एक किसिमले भन्ने हो भने मलाई पैसाको कहिले पनि माया भएन । हातमा पैसा परेपछि कहाँ खर्चिऊँजस्तो लागिहाल्ने । पैसा कि त सामानहरू किनेर खर्च गर्नुप¥यो, कि  खानपिन गरेर । अहिले सम्झँदा यस्तो लाग्छ कि, म त्यो बेला पूरै बेहोसीमा बाँचेको रहेछु । गीतहरू पनि निकै चलेका थिए । गीत चलेपछि फ्यानहरू उत्तिकै हुने । उनीहरूको बीचमा रमाउनु नै जीवन हो । तर, त्यो जीवन सदुपयोग गर्ने कि दुरूपयोग गर्ने भन्ने कुरा त्यसबेला सोचिएन । अन्तिममा जब ओछ्यानमा परेँ, अनि मैले कसम खाएँ कि अब बाँच्छु, खानपिन पनि बार्छु भनेर ।
० हिजोआजको व्यस्तता के हो ?
– ‘दर्शन–नमस्ते– भाग ३’ ल्याउँदै छु । त्यसमा रत्नसमशेर थापाको ५५ वर्ष पुरानो मुक्तकलाई गीत बनाएर गाएको छु । यो मेरो महŒवाकांक्षी एल्बम हुनेछ । त्यसपछि सेप्टेम्बरको २४ देखि अमेरिका, क्यानाडा र हङकङमा कार्यक्रम प्रस्तुत गर्न जाँदैछु । यसपालिको दशैं–तिहार उतै हुन्छ ।
० आजकल आम्दानी कत्तिको छ ?
– पहिलाजस्तो क्यासेट बेचेर पैसा कमाइँदैन । मुख्यस्रोत भनेको कन्सर्ट नै हो । त्यसबाहेक सिआरबिटी, पिरआरबिटी, युट्युब राइट आम्दानीको स्रोत हो । देश विदेशका नेपाली दाजुभाइले जति माया ग¥यो, हामीले कमाउने त्यही नै हो । पैसा भन्दा माया बढी कमाइएछ ।
० रामकृष्ण ढकाल, यम बरालहरू देखिँदैनन् । तर, तपाईं चलेकै हुनुहुन्छ । कहाँ जानुभयो उहाँहरू ?
– कुनै बेला हामीलाई थ्रीस्टार भन्थे । तर, रामकृष्ण र यमलाई पहिलाको जस्तो मैँ पनि भेट्दिनँ । उहाँहरू आ–आफ्नो काममै हुनुहुुन्छ होला । तर, म ती दुईजना साथीलाई सधै मिस गरिरहेको हुन्छु । अहिले पनि थुप्रै साथीभाइसँग हेलमेल हुन्छ । तर, रामकृष्ण र यमसँगजस्तो मन मिल्ने, ख्यालठट्टा चल्ने साथीहरू कम पाइँदोरहेछ ।
० उहाँहरू किन हराउनुभयो र तपाईं अझै के कारणले हुनुहुन्छ ?
– हराएकै त नभनौँ । कतै न कतै आ–आफ्नो काममा हुनुहुन्छ । मलाई लाग्छ कि, संगीतमा एउटा मात्र प्याट्रनमा काम ग¥यो भने यात्रा छोटो हुन्छ । कतै उहाँहरूले त्यसो पो गर्नुभयो कि ?
० तपाईंले अझै विवाह गर्नुभएन नि †
– यो प्रश्नले एकदम सताइरहन्छ । जसले भेटे पनि बिहे कहिले गर्ने भनेर सोध्नुहुन्छ । जवाफ दिँदादिँदा हैरान भइसकेँ । अब एक–डेढ वर्षमा यस्तो प्रश्न आउनै नदिने योजनामा छु ।
० अझै एक–डेढ वर्ष ?
– तारतम्य नमिलेर हो ।
० केटी पाइएन कि चाहिनेभन्दा धेरै आइलागेर हो ?
– भनेजस्तो पाइएन नै भनौँ । किनभने, सेलिब्रेटी भएपछि चाहने त धेरै हुन्छन्, तर आफूले भनेजस्तो पाउन मुस्किल पर्छ । अहिलेसम्म मेरो नजरमा यही ठीक छ भन्ने कोही पनि परेको छैन । सायद, एक–डेढ वर्षमा कोही न कोही आउँछ ।
० राजेश हमालले ५० वर्षमा विवाह गरेजस्तो त गर्ने होइन ?
– कतिपयले राजेश हमाल र म मिल्ने भएको कारणले त्यसो भन्ने गरेका छन् । तर, व्यक्तिगत जीवन फरक हुन्छ । हो, उहाँ मेरो स्वरबाट प्रभावित हुनुहुन्छ । उहाँका फिल्ममा मेरो स्वर भएको गीत उहाँलाई आफैँले गाएजस्तो लाग्छ । ‘साथी’ फिल्मको गीत ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न’ बाट उहाँ बढी प्रभावित हुनुहुन्छ । तर, विवाह गर्ने मामिलामा उहाँको जस्तो गर्न खोजेको होइन ।
० राजनीतिमा लाग्ने सोचाई छैन ?
– मेरो बाबा नै राजनीतिज्ञ हो । त्यसैले गर्छु भन्दा राजनीति गर्न गाह्रो छैन । अहिले बाबा युके बस्नुहुन्छ । राजनीति गरेपछि एउटा पार्टीको हुनुपर्छ । म राजेशपायल राई, सबैको प्यारो कलाकार भएरै बाँच्न चाहन्छु । राजेशपायल राई फाउन्डेसन स्थापना भएको छ । त्यसबाट सामाजिक गतिविधि गर्न सकिहालिन्छ । मलाई विभिन्न पार्टीका नेताले नबोलाएका हैनन्, तर म सबैको हुन चाहन्छु ।
 

टिप्पणीहरू