सर्वोच्चमा संसद विघटनविरुध्द बहस शुरु

सर्वोच्चमा संसद विघटनविरुध्द बहस शुरु

सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रतिनिधिसभाको दोश्रो बिघटनविरुद्ध परेको रिटउपर अन्तिम सुनुवाई शुरु भएको छ । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १४६ सांसदले दायर गरेको निवेदनमाथि निवेदकका तर्फबाट बहस प्रारम्भ गरिएको हो ।

प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले समय व्यवस्थापनका बारेमा अधिवक्ताहरुलाई निर्देशन दिनुभएको छ । रिट निवेदकतर्फका अधिवक्ताहरुलाई निर्देशन दिँदै भन्नुभएको छ,१५ घण्टाभन्दा बढी हुनु भएन,समय व्यवस्थापन आफैं गर्नुहोस् ।

रिट निवेदक र सरकार पक्ष दुबैलाई बहसका लागि १५ पन्ध्र घण्टाको समय छुट्याइएको छ । तोकिएको समयसीमाभित्रै बहस सिध्याउन प्रधानन्यायाधीशले निर्देशन दिनुभएको हो ।

आजको बहसमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु खम्ब खाती,गोविन्द शर्मा बन्दी,महादेव यादव,बद्रीबहादुर कार्की र शम्भु थापाले बहस गर्नेछन् ।

बहसका लागि खातीलाई २० मीनेट,बन्दीलाई ४० मीनेट,महादेव यादवलाई ३० मीनेट,बद्रीबहादुर कार्कीलाई १ घण्टा र शम्भु थापालाई १ घण्टा ३० मीनेट समय दिइएको छ ।

अहिले रिट निवेदकको तर्फबाट खम्बबहादुर खातीले बहस प्रारम्भ गरेका छन् । उनले २० मीनेट भित्रैमा बहस सक्नुपर्नेछ ।

टिप्पणीहरू