मान्छे खाने बूढो बाघ समातियो, सौराहा प्रशासनमा तोडफोड « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

मान्छे खाने बूढो बाघ समातियो, सौराहा प्रशासनमा तोडफोड

प्रकाशित मिति :  ९ असार २०७८, बुधबार १३:३०


चितवनमा मान्छे खाएको बूढो बाघलाई नियन्त्रणमा लिइएको छ । रत्ननगर नगरपालिका–५, मगरटोलकी ३२ वर्षीया गीता अधिकारीको सोमबार टाउको खाएको बाघलाई स्थानीयको दवाब र आक्रोशपछि राष्ट्रिय निकुञ्ज प्रशासनले नियन्त्रणमा लिएको हो ।

सोमबार जनकौली मध्यवर्ती सामुदायिक वनभित्र निउरो टिप्न जाने क्रममा अधिकारीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । अधिकारीलाई मारेर टाउको खाएको अवस्थामा फेला परेको उक्त बूढो बाघलाई नियन्त्रणमा लिन निकुञ्ज प्रशासनले नमानेपछि स्थानीयले प्रशासन तोडफोड गरेका थिए ।

तोडफोडपछि निकुञ्जले बाघलाई नियन्त्रणमा लिएर कसरा हेडक्वार्टरमा रहेको पिँजडामा बन्द गरेको भीमसेन लामाले बताउनुभएको छ । मृतक अधिकारीका एक छोरा र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !