नगरपालिका टुक्र्याउनचाहिँ सबै सहमत ?

नगरपालिका टुक्र्याउनचाहिँ सबै सहमत ?

उदयपुरको कटारी नगरपालिकालाई टुक्र्याउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास भएको छ । साे निर्णयलाई नगरसभामा पेश गरिने छ । कटारी नगरपालिकाको माथिल्लो भेगका पाँच वडालाई छुट्टै गाउँपालिका बनाउने माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाइएपछि याे निर्णय भएको हाे ।

नगरपालिकामा रहेका १४ वटा वडामध्येबाट वडा नं. ९,१०,११,१३ र १४ लाई टुक्राएर छुट्टै गाउँपालिका बनाउने प्रस्ताव नगर कार्यपालिकाको बैठकले समेत स्वीकृत गरेको छ ।

ज्ञापनपत्रमा कटारी नगरपालिकालाई विभाजनले पनि कुनै असर नपुग्ने भएकोले गाउँपालिका निर्माणको मापदण्डको आधारमा भूगोल,जनसंख्या र भौतिक पूर्वाधारहरु पनि पुग्ने भएकोले संविधानको धारा २९५ को विभिन्न दफाहरुमा समेत सो कुरा उल्लेख भएअनुसार गाउँपालिकाकाे माग गरिएको उल्लेख छ ।

नयाँ गाउँपालिका निर्माण गर्दा करिव १२५ दशमलव ७९ वर्ग किलोमिटर क्षेत्रफलमा करिब १८ हजार ५८६ जनसंख्यालाई सेवा सुविधाको सहजतामा पहुँच पुग्ने हुनुपर्छ ।

कटारी नगरपालिकाको माथिल्लो भेग अति दुर्गम,भौगोलिक रूपमा कठिन भएकोले छुट्टै गाउँपालिका बनाउन एेक्यवद्धता रहेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयाे । जिल्ला समन्वय समिति,प्रदेश सरकार र केन्द्र सरकारसम्म एउटा टोली बनाएर गाउँपालिका निर्माणका लागि डेलिगेसन जाने प्रतिवद्धता समेत मेयर श्रेष्ठले जनाउनु भएको छ ।

गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बरबहादुर मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्र नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भीमकुमारी राउतलाई बुझाईएको थियो ।

टिप्पणीहरू