प्रहरीको लोगो तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गर्ने पक्राउ

प्रहरीको लोगो तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गर्ने पक्राउ

समाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगो तथा दज्र्यानी चिन्हसहितको प्रहरी अधिकृतको फोटो दुरूपयोग गरेको अभियोगमा भक्तपुरमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लोगो दुरूपयोग गरी नेपाल प्रहरीको नाममा ओपन सोसल रूम बनाई प्रहरी अधिकृतको दज्र्यानी चिन्ह अंकित युनिफर्मसहितको फोटो दुरूपयोग गर्दै प्रोफाईलमा प्रहरी अधिकृतको नामलगायतका विवरण समावेश गरिएको नक्कली आईडी बनाएको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–६ खरिबोटका २० वर्षीय इशान लामिछाने पक्राउ परेका हुन् ।

उनले बनाएको आईडीबाट प्रहरी कर्मचारीको छबिमा नकारात्मक प्रभाव पार्ने, सूचना सम्प्रेषण गर्ने साथै प्रहरी संगठनको छबि धमिल्याउने गरी भ्रमपूर्ण अफवाह फैलाएको कसूर गरेको पाइएपछि उनलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

लामिछानेमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू