पाँच दुव्यर्सनी पक्राउ

पाँच दुव्यर्सनी पक्राउ

मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई आज पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।

हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले प्र.न.१-०२-०४५ प ३९७३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा अभियुक्तहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारिएको हो ।

यसै गरी सोही स्थान सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा हिजो राती सँवा ९ बजे लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् ।

दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवारी उनिहरुको साथबाट डियाजेलेव १० एमएल १० पिस, फेनारगन १० पिस, आइपइल १० पिस र ट्रमोल २०० ट्याब्लेट फेला पारेको हो ।

पक्राउ परेका ५ जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीले हिरासतमा राखेर थप अनुन्धान गरिरहेको छ ।

टिप्पणीहरू