सर्वोच्चले स्वीकारेन सरकारको जिकिर,कर्णालीका साँसद कायमै

सर्वोच्चले स्वीकारेन सरकारको जिकिर,कर्णालीका साँसद कायमै

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले मुध्दाका दुवै पक्षलाई झिकाउन आदेश गरेको छ ।

एमाले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश रध्द गराउन परेको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । इजलासले अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुवै पक्षलाई जवाफसहित अदालतमा उपस्थित हुन भनेको छ ।यसअघि सर्वोच्चकै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको दशौँ महाधिवेशन आयोजक समितिले गरेको सांसदहरुमाथिको कारवाही अवैध ठहर गर्दै अन्तरिम आदेशमार्फत पुनर्बहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध ओलीले हिजो भ्याकेट निवेदन दिनुभएको हो ।

टिप्पणीहरू