केपी ओली र माधव नेपाल संगै रहन सक्दैनन्ः प्रचण्ड

केपी ओली र माधव नेपाल संगै रहन सक्दैनन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल सँगै रहन नसक्ने तर्क गरेका छन् ।

आज धादिङको बेनीघाट रोराङ गाउँपालिकामा स्थानीय नेता, कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले जेठ २ गते फर्कन सहमत भए पनि ओलीसँग वरिष्ठ नेता माधव नेपाल सँगै रहन नसक्ने जिकिर गरेका हुन् ।

‘हिजो मात्रै माधवजीसहित हामी विपक्षी गठबन्धनका शीर्ष नेताहरु बस्यौं, उहाँले संविधानको रक्षार्थ पनि ओलीसँग रहन नसक्ने बताउनुभयो,’ प्रचण्डले भने ।

‘माधवजीहरु संसद पुनःस्थापना हुनासाथ नाम जे रहे पनि नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ र तमाम एमाले नेता,कार्यकर्ता माधवजीसँगै आउनुहुनेछ’ प्रचण्डले थपे ।

कार्यकर्ताहरुसँग गफिने क्रममा असंवैधानिकरुपमा केपी ओलीले नियुक्त गरेका २१ जना मन्त्रीको पद खारेज हुने सूचना आफूले पाएको खुलासा पनि गरे ।

प्रचण्डले ओली प्रवृत्ति चुरे प्रकरणदेखि नागरिकता विधेयकसम्म आउँदा डाउन भइसकेको बताउँदै ओलीको तीव्र आलोचना गरे । ‘सर्वोच्च अदालतले एकपछि अर्को गरी ओलीका कदमहरु उल्ट्याइरहेको देखिहाल्नु भएकै छ,’ उनले भने, ‘संसद पुनःस्थापना भएपछि देउवाजी प्रधानमन्त्री हुनुहुनेछ र यो गठबन्धन लामो समयसम्म जानेछ ।’

टिप्पणीहरू