नेपालमा डेल्टा भेरियन्टको नयाँ उत्परिवर्तन फेला

नेपालमा डेल्टा भेरियन्टको नयाँ उत्परिवर्तन फेला

नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको थप ९ वटा उत्परिवर्तन फेला परेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

सोमबार जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँदिल्लीमा अनुवांशिक (जिन सिक्वयन्सिङ) का लागि पठाइएका ४८ वटा नमूनामा ४७ वटा डेल्टा भेरियन्ट र एउटा अल्फा भेरियन्ट पाइएको हो । त्यसमध्ये ९ वटामा डेल्टा भेरियन्टको उत्परिवर्तनसमेत फेला परेको बताइएको छ ।

मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका फरक उमेर समूहका व्यक्तिबाट संकलित नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी परीक्षणका लागि भारतको नयाँदिल्ली पठाएको थियो ।

नेपालमा अहिलेसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा बी.१.१.७ र डेल्टा बी.१.६१७.२ तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा बी.१.६१७.१ भेरियन्ट पुष्टी भएको मन्त्रालयले जानकारी दिएको छ ।

ती भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने अध्ययनबाट पुष्टी भइसकेको छ । त्यसैले संक्रमण रोकथामका लागि सबैलाई सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको हो ।

टिप्पणीहरू