उपप्रधानमन्त्रीलाई सिंहदरबारमा पस्न निषेध

उपप्रधानमन्त्रीलाई सिंहदरबारमा पस्न निषेध

नयाँ पार्टी नेपालले आज उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध गरिएको भन्दै दक्षिणतर्फको गेट नजिक भित्तामा सूचना टाँसेको छ । मन्त्री बनेयता महतोको नागरिकता विवाद चुलिएको छ । उनले आफ्नो बाबुभन्दा पहिले नागरिकता लिएको दावी विरोधीले लगाउँदै आएका छन् ।

मन्त्री महतोलाई आफू नेपाली हुँ भन्ने प्रमाण देखाउन दिएको समयसीमाभित्र प्रमण देखाउन नसकेकोले सिंहदरवार क्षेत्रमा प्रवेश निषेध गरिएको टाँसिएको सूचनामा उल्लेख छ । केही दिनअघि उनको नागरिकतासम्वन्धी विवाद निरूपण गर्न छानबिन भइरहेको जानकारी गृहमन्त्री खगराज अधिकारीले दिएका थिए ।

सिंहदरवार गेटमा खटिएका सुरक्षाकर्मीहरुले भने आफूहरुले त्यस्तो सूचना टाँस गरेको सुरुमा नदेखेको भन्दै देखेपछि च्यातिदिएका छन् ।

टिप्पणीहरू