लुम्बिनीका ४ सांसद तत्काललाई जोगिए,गण्डकीको सुनुवाई सकियो

लुम्बिनीका ४ सांसद तत्काललाई जोगिए,गण्डकीको सुनुवाई सकियो

लुम्बिनी प्रदेशसभामा एमालेतिर लागेर मन्त्री बन्न गएका जसपाका चार जना सांसदमाथि भएको कारवाहीलाई सर्वोच्च अदालतले सबै अङ्ग पुगिसकेको हुँदा अन्तरिम आदेशको निरन्तरता या खारेजीभन्दा पनि पूर्ण सुनुवाईमा पठाउने आदेश दिएको छ ।

आज न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले ती सांसदमाथि गरिएको कारबाही र अदालती प्रक्रियाबाट अंग पुगेको देखिएकाले अब पूर्ण सुनुवाईको निम्ति पेश गर्न आदेश दिएको हो ।

उता,गण्डकी प्रदेशसभाबाट पुनः हटाइएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको मुद्दामाथि न्यायाधीश सपना मल्लको इजलासमा सुनुवाई सकिएको छ । यसअघि दलको कारबाहीलाई बदर गरेर अन्तरिम आदेश दिएको सर्वोच्चको आदेशविरुद्ध जनमोर्चा भ्याकेटमा गएको थियो । त्यसमा अदालतले अन्तरिम आदेश रद्द गरेपछि थापामाथिको कारबाही सदर भएको थियो ।

त्यहि आदेश उल्टाउन थापा पनि सर्वोच्चमा गएका हुन् । अब यसैगरी टोपबहादुर रायमाझीहरु पनि जाने तयारीमा देखिन्छन् ।

टिप्पणीहरू