हवाई सुन्दरीका पीडा र हैरानी

हवाई सुन्दरीका पीडा र हैरानी

 

बाहिरबाट हेर्दा उडान परिचारिकाहरूकको पेशा निकै ‘ग्ल्यामरस’ देखिन्छ । तर भित्री कुरो थाहा पाएपछि भने उडान सुन्दरीहरुका पीडाले सबैलाई झस्काइदिन्छ ।

विमान परिचारिकाहरू सित्तैमा उडान गन्तव्यअनुसार संसारका अधिकांश देश घुम्न पाएको देखिन्छ । त्यसका लागि उनीहरुले निकै परिश्रम गर्नुपर्ने हुन्छ । उडानको क्रममा भेटिने अप्ठेरा यात्रुहरूसँग समेत हाँसेरै समस्या समाधानको पहल गर्नुपर्ने हुन्छ ।

उनीहरुले यात्रीहरूलाई अभिवादन गर्दा हात पछाडि राख्छन् । त्यसको पनि रहस्य छुट्टै छ । उनीहरु हात पछाडि राखेर कति जना यात्रु विमानमा प्रवेश गरे भनी औंला भाँचिरहेका हुन्छन् । किनकि औंला भाँचेको देखाउँदै यात्रु संख्या गन्नु त्यत्ति शोभनीय मानिँदैन । नेपाललगायत दक्षिण एसियाली मुलुकका विमान कम्पनीको हकमा भने उक्त अवस्था नदेखिन पनि सक्छ ।

लामो दूरीको यात्रामा विमानका यात्रीहरूले आरामले सुत्न पाए पनि सुन्दरीहरुका लागि त्यत्ति सहज हुँदैन । सयौं यात्रुको सेवामा खटिनुपर्ने भएकाले ती सबै पालैपालो जागा हुन्छन् । मध्यमस्तरका जहाजमा उनीहरुको लागि आराम गर्न क्याबिन समेत पर्याप्त हुँदैन ।

विमानमा उडान सुन्दरीहरु सबै एउटै देशका नहुन पनि सक्छन् । त्यसैले उनीहरुले आफ्ना कुरा यात्रुले थाहा नपाउनेगरी एक अर्कासँग साटासाट गर्न कोड भाषाको प्रयोग गर्छन् ।

यात्रुहरु विमानमा प्रवेश गर्दा अभिवादन गरेको जस्तो देखिए पनि त्यसबाटै यात्रुहरूको सुक्ष्म मूल्याङ्कन भने गरिरहेका हुन्छन् । विमान परिचारिकाहरुले त्यति धेरै यात्रुमध्ये को शारिरिक समस्याबाट ग्रस्त छ,को कोसँग साना बालबालिका छन् भन्ने हेक्का राख्दै उडानको क्रममा आपतकालीन अवस्था आइपरेमा तीमध्ये कसले कसलाई हेरचाह गर्ने भन्नेसम्मको योजना पनि बुनेका हुन्छन् ।

उनीहरुले विमानमा प्रवेश गरेदेखि विमानबाट सबै यात्रु नओर्लिएसम्म तोकिएका सबै काम गर्नुपर्छ । तर पारिश्रमिक भने जमिन छाडेर उडेदेखि आकाशमा छउञ्जेलको मात्र पाउँछन् । विमानले भुईं छोएपछि गरिएका सबै काम निःशुल्क हुन्छन् ।

टिप्पणीहरू