हामीमाथि लोभी नजर कहिलेसम्म ? « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

हामीमाथि लोभी नजर कहिलेसम्म ?

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०६:४२


काठमाडौंको एक वृद्धाश्रममा बस्ने ७९ वर्षीया आमाले पाखुरा समातेर भट्भट्याउन थाल्दा लाग्यो म निर्जीव थिएँ र चुपचाप उहाँको कुरा सुनिरहेकी थिएँ । मसँग मानवीय गुण केही थिएन । उहाँले आफ्नो पीडा सुनाइरहँदा हजुरको कुरा सुनिरहेकी छु है भनेर बेला–बेला सञ्चारका दुवै (मौखिक र अमौखिक) सीप प्रयोग गर्नुभन्दा अरू विकल्प थिएन । उहाँ अविवाहित एकल महिला– संसारमा आफ्नो भन्ने कोही नभएकी । बुबाआमा १९९० सालको भूकम्पमा परी मृत्यु भएको र त्यसबखत आफू २ वर्षकी ! वृद्धाश्रममा बस्नुभएको । झट्ट हेर्दा शारीरिक बनोट, लवाई–खवाई आकर्षक देखिन्छ । त्यसैले होला भुइँचालोपछि ४ जना पुरुष मित्रले विवाहको प्रस्ताव टक्र्याउनुभयो रे † आँशु खसाल्दै १६ वर्षे जवानीमा त मलाई कुनै पुरुषप्रति आकर्षण आएन । यो उमेरमा पुरुष नामधारी जन्तुबाट किन यस्तो गति भोग्नुपरेको होला भनेर चिन्ता व्यक्त गर्नुभयो । त्यति मात्र कहाँ हो र छोरी–विधवाहरू त खोजी–खोजी हिँड्छन् रे पुरुषहरू किनकि विधवासँगको सम्पर्कमा निकै आनन्द हुन्छ रे भन्दै राति–राति बाटोमा हिँडेको थाहा पाउँछु– आमा अगाडि बढ्दै हुनुहुन्थ्यो, उहाँले यत्तिभन्दा आँखा रसाइसकेको थियो । बाँकी सुन्ने आँट नभएकाले केही नभनी बाटो तताएँ ।
विधवा खोजी–खोजी हिँड्छन् रे † यो वाक्यले निकै सतायो । हामी २१ औं शताब्दीका सभ्य मान्छे, कति वास्तविकता नजिक छौँ । ०६४ सालमा राजनीतिक रूपमा निष्क्रिय बस्ने सोच बनाएँ । केही सीमित राजनीतिज्ञसँग मात्र सम्पर्क थियो । चितवनका जगन्नाथ आचार्य विज्ञान विषयका प्रोफेसर । पेशा परिवर्तन गरी यति जटिल माओवादी आन्दोलनमा होमिँदा प्रायः सबैले निकै सम्मान गर्थे । त्यतिबेला क्षेत्रीय ब्युरो सदस्य तथा नवलपरासी जिल्ला सहइञ्चार्ज । मुखले केही भन्दैनथे तर व्यवहारमा मप्रति लालायित भएको प्रष्ट थाहा पाउँथें । जिल्लाका अर्का सह–इञ्चार्ज मोती रिजाललाई यो कुरा सुनाएँ पनि । उहाँले मुखले खुलेर नबोल्दासम्म के गर्ने, नैतिक पतन भएपछि कसैको कही लाग्दैन । यो विषयमा केही बोल्न चाहन्न भन्नुभयो । आफूमाथि अन्याय भएको छ भन्ने थाहा पाएर पनि मन्दविष पिइरहेकी थिएँ । काठमाडौं आएर दुःख–सुख गुजारिरहेकी थिएँ । उनी बाबुराम भट्टराईको पालामा प्रधानमन्त्री कार्यालयमा देवेन्द्र पौडेल सल्लाहकार भएर आएपछि सञ्चार झन् बाक्लियो । उनको जोड जहिल्यै मेरो कोठासम्म पुग्ने बन्यो भने मैले आफू एकल महिला भएकीले कसैलाई लाने गरेकी छैन भनेर ठाडै अस्वीकार गर्दै आएँ । हाल उनी बाबुराम भट्टराईको नयाँ शक्तिमा केन्द्रीय परिषद् सदस्य छन् । सञ्चारको यो प्रक्रिया ०७१ सालसम्म चलिरह्यो । अन्ततः मुख खोलेर भने– निरन्तर सम्पर्कमा रहेको कारण मसँग यौनतृष्णा मेटाउन चाहन्थे रे † मैले हजुर त मेरो मामासँगै पढेको साथी, हाम्रो उमेर १५÷१६ वर्षकै फरक होला, बरु हजुरको छोरासँग बिहे गर्छु, बुहारी बनाउने आँट गर्नुस् किनकि मभन्दा ५÷७ वर्ष मात्र सानो त छ नि भन्ने जवाफ फर्काएर आजसम्म सम्पर्कविहीन बनें ।
सहिद परिवारको कार्यक्रममा ०६७ तिर चितवन पुगेकी थिएँ । खाइलाग्दा अधबैंसे चितवन कृष्णपुर घर बताउने सूर्य सुवेदी एमाओवादी जिल्ला सदस्य, मेरो जीवनसाथी शिवहरिको मिल्ने साथी हुँ भन्दै सम्पर्क गर्न आए । मागिसकेपछि फोन नदिने कुरा भएन । कार्यक्रमको समाप्तिपछि काठमाडौं हान्निएँ । २÷४ दिनपछि फोनको घण्टी बज्न थाल्यो । शुरु–शुरुमा त पत्तै पाइनँ, मेरो शिवको साथी भनेर बोलिदिन्थें । विस्तारै श्रीमतीसँग लुकेर फोन गर्ने, श्रीमतीसँग झगडा गरेर फोन गर्ने गरेको थाहा पाउन थालेँ । मैले उनको फोन निकै कम उठाउँथेँ । ०६८ तिर चितवन गएका बेला अचानक फेरि भेट भयो । उनले तल गिरेर मानांै म एकदमै बिचरी हुँ, दुनियाँमा मेरो को छ र उनीबाहेक जसरी निजी कुरा सोध्न थाले । यतिसम्म कि शिवहरिसँग त के यौनसम्बन्ध भयो होला र तिम्रो इच्छा मैले त हो नि पूरा गर्नेजस्तो प्रश्न गर्न थालेपछि बाध्य भएर शिवहरि र म हातमा दही जमाएर दिन गुजाथ्र्यौं, अब तिमी चाहियो ? भन्ने तीतो वचन बोल्नै प¥यो । बौद्धिकताका नामधारी पतितहरू भन्दै बाटो तताउनुको विकल्प थिएन ।
भरतपुरमा पुस्तक पसल गर्ने गोविन्द आचार्य एमाओवादीका पुराना जिल्ला सदस्य हुन् । उनकोमा मलगायत अरू साथी पनि सेल्टर लिन्थ्यांै । औंलाले गन्ने हो भने खाना त मैले एक भकारी खाएँ होला । विवाह गर्न जानु अघिल्लो रात उनकोमै बसेकी थिएँ । विवाहपछि पनि शिवहरि र मैले केही रात काटेका छौँ त्यो घरमा । कार्यक्षेत्रमा खटिँदा होस् वा बास बस्दा उनले मप्रति निकै अभिभावकत्व पूरा गर्थेजस्तो लाग्छ । शिवहरिको हत्यापछि नभेटी मानेनन् र रूपन्देहीको कोटिहवा पुगेर संवेदना प्रकट गरी फर्किए । मेरो मामासँग पनि उनको राम्रो सम्बन्ध थियो । उनकी छोरी म भनेपछि भुतुक्कै हुन्थी । त्यस्तो पारिवारिक सम्बन्ध गाँसिएका मान्छे शिवहरिको हत्यापछि एकाएक कहिले कहाँ घुम्न जाऊँ भन्ने, कहिले कहाँ जाऊँ भन्ने गर्थे ।
बनिराखेको सम्बन्ध, नजिक नहुने, पूरै पनि नकट्ने गरी तालमेल मिलाउँथें । काठमाडांै आएका बेला मेरो कोठामा आउन निकै प्रयत्न गर्थे । एक्लै बस्ने हुनाले कोठामा लैजान नमिल्ने बताउँथेँ । आफू निकै व्यस्त भएकाले भेट्न नसक्ने बताउँथँे । ०७२ सालतिर लामो एसएमएस गरे कि उनी मबाट आनन्द लिन चाहन्छन् । मैले पनि सहजरूपमा हजुरले देख्नु नै भा’को छ– हाम्रो धार्मिक परम्पराअनुसार विवाहपछि महिला बिटुलो पर्छ तर त्यस्तो सम्बन्ध भएको पुरुष कहिल्यै बिटुलो पर्दैन । म शिवहरिसँग १५÷२० दिनजति सँगै रहँे, सायद बिटुलो परिसकेकी छु । हजुरकी छोरी आजसम्म कसैसँग रात बिताएकी पक्कै छैन, उसैसँग सम्पर्क गरे हुन्छ भनेपछि अहिलेसम्म बेपत्ता छन् ।
माओवादीसमर्थित पुनरावेदनका मुख्य न्यायाधीश ः उमेरले यस्तै ६० को हाराहारीमा पुगेका, नाति–नातिनाको बाजेसमेत भइसकेका, परिवारका सदस्यसँगको निकटताका कारण उनी पनि मसँग जोडिन पुगे । श्रीमतीको आँखा छलेर जिस्कन खोज्ने, खाजा खान बाहिर जाऊँ भनिहाल्ने, मलाई कतै जानुपरे गाडी लैजाऊ भन्ने अस्वाभाविक क्रियाकलाप गर्न चाहे, कहिल्यै स्विकारिनँ । कोठामा लैजाऊ भन्थे, प्रायः सबैलाई एउटै वाक्य समान थियो म एक्लै छु लैजान मिल्दैन । कहिल्यै कोठामा लगिनँ, उनले ५÷७ वर्ष निरन्तर फोन गरिरहे । कहिलेकाहीँ कामले भेट्नैपर्दा उही यौनका कुरा निकाल्ने । एकाध पटक बाध्य भएर केटा साथी छ, अब छिट्टै बिहे गर्छु पनि भन्ने गरेकी थिएँ ।
कहिलेकाहीँ राति अबेर पनि फोन गर्थे तर उठाउँदिनथँे । करिब ४ महिनाअघि साँझ यस्तै ७ बजेतिर फोन गरेर मसँग रमाइला कुरा गर्न चाहेको बताए । मैले एकछिन व्यस्त छु भनेर फोन स्विच अफ गरेँ अनि अर्का न्यायाधीश (उनका निकटतम मित्र) लाई फोन गरेर हजुरका साथीलाई कुरा गर्ने भए गर्नु नत्र अति भयो, सहन सकिनँ । म कुनै तरिकाबाट प्रतिवादको बाटो रोज्छु भनँे । उहाँका मित्रले मसँग यो कुरा बाहिर नलैजान निकै अनुरोध गर्नुभयो । त्यसपछि उहाँबाट सम्पर्कविहीन छु ।
म कानुनको विद्यार्थी, उनी मजस्ता हजारौंलाई न्याय दिने न्यायमूर्ति । एउटा कानुनकर्मीले सर्वसाधारणको समस्या बेञ्चसम्म पु¥याउन पुलको काम गर्छ तर यहाँ ऊ आफंै अन्यायमा परेको छ भने उसले सर्वसाधारणको समस्या बोकेर कसरी हिँड्ला ? त्यस्ता न्यायमूर्तिबाट सर्वसाधारणले के आशा गर्ने, के न्याय पाउने ? यी उदाहरण त मेरो जीवनको मात्र प्रतिनिधिमूलक उदाहरण हुन् । रामदीप आचार्यले बलात्कारको प्रयास गरेर मैले प्रतिवाद गरिसकेपछि उल्टो मलाई दोष दिने थुप्रै बुजु्रक पनि नभेटेको होइन । हाल त्यो बलात्कारी प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यालयमा सम्पर्क समितिको जिम्मा लिएर बसेको छ । फेरि यतिबेला वाहियात भन्नेहरूको पनि कमी हुने छैन । मैले जीवनमै कहिल्यै शिवहरिको हत्यापछि न पुनर्विवाह गर्ने सोच बनाएँ न त कुनै पुरुष साथीसँग नजिक बनेँ । यी माथिका चारै जना समाजमा इज्जतिला कहलिएका, स्नातकोत्तर पढेका बौद्धिकताका धनी हुन् । उनीहरू चारै जनाको प्रेमविवाह भएको हो । सबैका श्रीमती सकुशल छन् तर सायद मैले कुनै पुरुष विद्वान्लाई उनीहरूको भाषामा रमाइलो गर्न प्रस्ताव राखेको भए जीवनमा कहिल्यै नमेटिने कलंकको भागी हुने थिएँ होला । त्यो बौद्धिक जमातले फेरि एकपटक केटी नै त्यस्तै हो, केटा मान्छेले जे गरे नि भइहाल्छ, केटी पो तर्कनुपर्ने ? भनेर मलाई नै दोषारोपण गर्नेछन् । म फेरि अर्को धब्बाको भागी त हुनेछु । तर, ७९ वर्षकी आमाले खेपेजस्तो आक्रमणको निशाना मन्दविषबाट चाहिँ मुक्त हुन्छु कि ?


प्रतिक्रिया दिनुहोस !