माओवादीले गरेको कार्वाही सदर

माओवादीले गरेको कार्वाही सदर

आज बसेको नेकपा माओवादी केन्द्रको आकस्मिक बैठकले पार्टीबाट निर्वाचित भएर अर्को पार्टीमा गएका स्थानीय तहका जनप्रतिनिधिमाथिको कारवाहीलाई अनुमोदन गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त गर्न केन्द्रीय समिति बैठकको निर्णय मागेकाले त्यसैका लागि बैठक बसेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तले जानकारी दिनुभयो ।

यसअघि पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले निर्णय गरेको थिएन । त्यसबारे जानकारी लिन माओवादी केन्द्रका नेताहरु अस्ति निर्वाचन आयोग पुगेका थिए ।

भर्चुअल माध्यमबाट बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामायिक राजनीतिबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । पछिल्लो राजनीतिक अवस्था र विपक्षी गठवन्धनको भूमिकाका विषयमा प्रचण्डले बैठकलाई जानकारी गराउनुभयो ।

बैठकले पछिल्लो समय बाढी, पहिरोले देशका विभिन्न भागमा पुर्याएको धनजनको क्षतिप्रति ध्यानाकर्षण गरेको छ । साथै बाढी, पहिरो लगायतका सम्भावित प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै राहत र उद्धार कार्यमा सिंगो पार्टी पंक्तिलाई परिचालित गर्न एउटा टोलीलाई हाइअलर्टमा राख्ने निर्णय भएको पनि ढकालले जानकारी दिनुभयो ।

टिप्पणीहरू