यातायात मजदुरमा भोकमरीको चिन्ता,मन्त्री गुहार्ने तयारी

यातायात मजदुरमा भोकमरीको चिन्ता,मन्त्री गुहार्ने तयारी

सरकारले झण्डै दुई महिनादेखि राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लामा जारी गरेको निषेधाज्ञा भोलिदेखि खुकुलो बनाउने निर्णय गरेको छ । आर्थिक क्षेत्र चलायमान बनाउने भन्दै भोलिदेखि बजार आंशिक रुपमा खुल्नेछ भने निजी सवारी साधन र ट्याक्सीलाई जोर बिजोरको आधारमा चल्न दिने बताइएको छ ।

तर,ठूला सार्वजनिक सवारी साधनमा लगाइएको रोकका कारण त्यस क्षेत्रमा कार्यरत लाखौं मजदुरमा भोकमरीको सम्भावना बढेको हो । अहिले बिहान साढे ११ बजे सरकारको ध्यानाकर्षण गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठूला सवारी साधनसँग सम्बन्धित सरोकारवालाहरुले ज्ञापनपत्र बुझाउने भएका हुन् ।

आजदेखि उपत्यकामा विभिन्न पेशा, व्यवसायलाई पालैपालो खोल्न दिनेगरी निषेधाज्ञा खुकुलो बनाइएको छ । ठूला सवारी साधन विशेषगरी यात्रवाहक बसमा लगाइएको रोक कायम गरिएको छ ।

टिप्पणीहरू