२४ घण्टामा ५१ को मृत्यु,२ हजार बढिमा संक्रमण

२४ घण्टामा ५१ को मृत्यु,२ हजार बढिमा संक्रमण

कोरोना संक्रमणबाट २४ घण्टामा ५१ जनाको ज्यान गएको छ भने २ हजार ४४२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६७७ पीसीआर तथा ४ हजार २४९ जनामा एन्टिजेन गरी १० हजार ९५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । योसहित हालसम्म ६ लाख ४७ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, आज ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासहित देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३२ लाख ६९ हजार २६६ जनामा पिसिआर र १ लाख ४२ हजार ५६२ जनामा एन्टिजेन गरी कूल ३४ लाख ११ हजार ८२८ जनामा परीक्षण गरिएको छ । जसमध्ये ८ हजार ७२६ जनाको ज्यान गएको छ भने ५ लाख ५६ हजार ७९८ जना निको भएका छन् ।

टिप्पणीहरू