बौध्दमा ५ बर्षकी बालिका झण्डै बलात्कृत

बौध्दमा ५ बर्षकी बालिका झण्डै बलात्कृत

काठमाडौंको बौध्दस्थित नयाँ बस्तीमा बोरामा पोको पारेर शव फ्यालिएको घटनामा प्रहरी अनुसन्धान पशुपतितिर तेर्सिएको छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले कोरोनावीच फालिएका लाशमध्ये केहीबाट खुट्टाको नली हाड निकालिएको हुनसक्ने भन्दै पशुपतिमा मान्छेको हड्डीबाट शंख बजाउनेतर्फ अनुसन्धान केन्द्रित गरेको हो ।

उच्च प्रहरी स्रोतले दिएको जानकारीअनुसार तिघ्राको हड्डी निकालेको अवस्थामा शव भेटिएकाले प्रहरीको शंकाको सुइ पशुपतितर्फ घुमेको हो । पशुपतिमा जोगीहरुले मान्छेको हड्डी प्रयोग गरेर शंख बजाउने गरेको बताइन्छ ।

प्रहरीका अनुसार सिसिटिभी फुटेज प्रष्ट बुझिने नभएको र घटनास्थल वरपर कोही हराएको सूचना नपाएकाले अनुसन्धान केही जटिल बनेको छ । ‘सिसिटिभी फुटेज छ,तर क्लियर छैन । हामी यसको निरन्तर फलोअपमै छौं । वरिपरी मान्छे हराएको छ कि भनेर सबैलाई सोधेका छौँ । अनुसन्धानका लागि केही बाँकी राखेको छैन । तर पनि घटना बाहिर ल्याउन सकिएको छैन’,प्रहरी स्रोतले भन्यो ।

गत मंगलबार बिहान बोरामा शव पोको पारेर फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्नलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यता,बौध्दमै एक किशोरले पाँच बर्षीय बालिकालाई जबर्जस्ती गरेको घटनाको पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । आज बिहान बालिकालाई घरमै १५/१६ वर्षका एक किशोरले जवर्जस्ती करणी प्रयास गरेका थिए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू