सुदूर पश्चिममा महिलामाथि एकपछि अर्को ज्यान जाने घटना

सुदूर पश्चिममा महिलामाथि एकपछि अर्को ज्यान जाने घटना

कोरोना खोपको रिपोर्ट पुर्याउन अस्पताल हिंडेकी डडेल्धुराकी अस्मिता धामी जंगलमा मृत फेला परेको घटना शंकास्पद देखिएको छ । युवती एक्लै जंगलको माथ्लो बाटो जानु,बाटैमा शव भेटिनु र शवको प्रकृति सामान्य हुनुले घटना रहश्यमय देखिएको हो ।

शरिरमा बाहिरी चोट नदेखिए पनि स्थानीयले हत्याको आशङ्का गरेका छन् । प्रहरीले भने शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाबारे थप जानकारी प्राप्त हुने बताएको छ ।

धामीकै गाउँमा ३ गते एकजनाले झुन्डिएर आत्महत्या गरेको र दुई गते हराएकी धामीको शव ५ गते फेला परेपछि दुवै घटनावीच सम्बन्ध हुनसक्ने आशंका पनि गरिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । संघीय प्रहरी इकाई (धनगढी) बाट सिआइबीका डिएसपी लक्ष्मण शाहीको कमाण्डमा चार जना प्रहरी घटनास्थलतर्फ लागेको छ भने जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालको टोली पनि घटनास्थल पुगेको बताइएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता हरिप्रसाद तिमिल्सिनासहितको टोली पनि घटनास्थल पुगेको छ ।

स्थानीयले भने युवती जंगलको बाटो हुँदै गएपछि घटना शंकास्पद देखिएको बताएका छन् । धामीकै गाउँमा ३ गते एकजनाले झुन्डिएर आत्महत्या गरेको र दुई गते हराएकी धामीको शव ५ गते फेला परेपछि दुवै घटनावीच सम्बन्ध हुनसक्ने आशंका पनि गरिएको छ ।

के हो घटना ?

असार २ गते जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी साधनी स्वास्थ्य चौकीमा कार्यरत करारतर्फकी कार्यालय सहयोगी अस्मिता हट्वानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

कोरोना खोपको रिपोर्ट लिन करिब ११ बजेको समय स्वास्थ्य चौकीबाट निस्केकी अस्मिता जोगबुढा नपुग्दै बेपत्ता भएपछि परिवारले ३ गते उनी हराएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

उजुरी पाएलगत्तै धामीको खोजी शुरु गरेको प्रहरीले हिजो बेलुका हट्वानी सामुदायिक वनमा शव फेला पारेको थियो । प्रहरीका अनुसार उनको शव पल्टेर रहेको अवस्थामा जङ्गलमा फेला परेको थियो ।

शवको प्रकृति सामान्य रहेको प्रहरीले बताएको छ । उत्तानो पल्टेको अवस्थामा लास भेटिएको र शरीरमा लगाएको कपडासमेत नबिग्रेको अवस्थामा लास भेटिएकाले प्रहरीलेसमेत घटनालाई शंकास्पद रुपले हेरेको छ ।

 

टिप्पणीहरू