४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

शंकर श्रेष्ठ, धादिङ
निलकन्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौलेललाई पक्राउ गरेको हो ।

उजुरी निवेदनको आधारमा स्ट्रील अपरेशनमा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालले बताए ।

‘केही दिन अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ’ प्रवक्ता रिसालले भने, ‘त्यहि मुद्धा मिलाउन भन्दै लिएको ४० हजार नगद सहित पक्राउ गरिएको हो ।’

पक्राउ परेका कार्यालय प्रमुख पौलेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् ।

पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

अख्तियारको टोलीले निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेलको घर्रामा फेला पारेको रकम । तस्बिर ः शंकर श्रेष्ठ

अख्तियारको टोलीले छापा हान्दै गर्दा निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेल । तस्बिर ः शंकर श्रेष्ठ

टिप्पणीहरू