नाम अन्तर्राष्ट्रिय,काम प्रधानमन्त्रीबाट,हालत हिलाम्ये

नाम अन्तर्राष्ट्रिय,काम प्रधानमन्त्रीबाट,हालत हिलाम्ये

वर्षायाम शुरु भएसँगै ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म जाने सडकको बिजोग देखिन थालेको छ ।

गोदावरीमा बन्दै गरेको नेपालकै सबैभन्दा ठूलो सूर्योदय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म जाने भनिएको सडकको अवस्था धान रोपाईं गर्न ठिक्क पारिएको खेतझैँ देखिएको छ । सडक मर्मतमा ढिलासुस्ती भएसङ्गै असार लागेपछि सवारी साधनको जाम तथा पैदलयात्रुले समेत दिनहुँ सास्ती खेप्नु परेको हो ।

सडकको उक्त दूरावस्थाको बारेमा सम्बन्धित निकाय मौन देखिन्छ । वर्षायाम अगावै सडकको काम सक्नेतर्फ कसैले ध्यान नदिएकाले यो वर्षको वर्षायाममा सो क्षेत्रका स्थानीय र ओहोरदोहोर गर्ने सबैले झन् सास्ती भोग्नुपर्ने निश्चित छ

टिप्पणीहरू