प्रभू र टोपले किन मागे आफूलाई निकालेको कागज ?

प्रभू र टोपले किन मागे आफूलाई निकालेको कागज ?

प्रचण्डको साथ छाडेर मन्त्री खान गएका नेताहरु अहिले न माओवादी,न एमालेको हविगतमा छन् ।

यस्तै अन्योलतापूर्ण स्थितिमा रहेका दुई जना पूर्व मन्त्री अस्ति शुक्रवार बहादुर भवन छिरेर आयोगले आफूहरुलाई कुन पार्टीको रूपमा चिन्छ भन्दै सोध खोज गरेका थिए ।

यसरी बहादुर भवन पुग्ने पूर्व मन्त्री हुन् प्रभु साह र टोपबहादुर रायमाझी । एक जना कानुन व्यवसायीलाई पछाडि लगाएर उनीहरु शुक्रवार मध्यान्ह बहादुर भवनतिर हान्निएका हुन् । उनीहरु सिधै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकक्षमा छिरेर सोधखोज गरे,हामीलाई निर्वाचन आयोगले कुन पार्टीको भनेर चिन्छ ? एमालेको नयाँ केन्द्रीय कमिटिमा आफ्नो नाम भए नभएको सोधखोज गरेका उनीहरूका कुरा सुनेपछि प्रमुख आयुक्तले राजनीतिक दलसम्बन्धी फाँट हेर्ने गुरु वाग्लेलाई बोलाएर उनको जिम्मा लगाए ।

टोपबहादुर र प्रभुहरुले सो शाखामा पुगेर माओवादीको बिधान,आफूहरुलाई माओवादी पार्टीबाट हटाइएको माइन्युट निर्णय,पार्टीले के आधारमा हटाइएको रहेछ सो को कारण,पार्टी छाडेपछि सोधिएको स्षष्टीकरणदेखि माओवादीले केन्द्रीय कमिटीबाट हटाएको छ वा छैन ? एमालेको नयाँ केन्द्रीय कमिटीमा आफ्नो छ छैन ? सम्पूर्ण कागजात उपलव्ध गराइदिन निवेदन दर्ज गराएर फर्किएका छन् ।

आयोगमा उपलव्ध कागजात पल्टाउँदा माओवादीले पार्टीबाट हटाएको पत्र अहिलेसम्म बहादुर भवन पुगिसकेको छैन । आयोगले अझैं पनि उनीहरुलाई माओवादीकै केन्द्रीय सदस्यका रुपमा चिन्छ । आयोगमा रहेको माओवादी केन्द्रीय कमिटीको सूचीमा प्रभु साह,लेखराज भट्ट र टोपबहादुर रायमाझीहरुको नाम यथावतै छ ।

अर्काेतिर प्रचण्डलाई छाडेर ओलीतिर त लागेका छन् । ओलीले बनाएको महाधिवेशन आयोजक कमिटीमा मनोनित पनि भएका हुन् तर ती नेताहरुको नाम निर्वाचन आयोगले अहिलेसम्म एमालेको केन्द्रीय कमिटीमा दर्ज गरेको छैन ।
उनीहरुले माग गरेको कागजात आयोगले भेला पार्दै छ । माग बमोजिम कागजात एक दुई दिनमै सबै कागजात उपलव्ध गराइने आयोगले जनाएको छ ।

टिप्पणीहरू