लुम्बिनी घुम्न आएकी इण्डोनेशियाली महिला भैरहवामा अलपत्र

लुम्बिनी घुम्न आएकी इण्डोनेशियाली महिला भैरहवामा अलपत्र

भारतीय बाटो हुँदै लुम्बिनी घुम्न आएकी इण्डोनेशियाली महिला पर्यटक रुपन्देहीको भैरहवामा अलपत्र परेकी छन् । भगवान गौतम बुध्दको दर्शनका लागि भारतीय मार्ग हुँदै नेपाल आएकी उनी भैरहवाको सिध्दार्थनगर नगरपालिकाअगाडि हिजोदेखि अलपत्र परेकी हुन् ।

घरघरमा हामीका अभियन्ता तथा पत्रकार शिव डुम्रेले सामाजिक सञ्जालमा त्यसबारे सार्वजनिक गरेपछि महिला पर्यटक अलपत्र परेको थाहा भएको हो । डुम्रेका अनुसार महिला पर्यटक अलपत्र परेको खबर पाएपछि उध्दारको लागि अभियानका अभियन्ताहरु त्यहाँ गएका छन् ।

त्यसबारे डुम्रेसँग बुझ्दा अहिले अलपत्र परेकी पर्यटकलाई कहाँ राख्ने भन्ने निर्णय भइसकेको छैन । उहाँका अनुसार उनलाई सम्भवतः होटलमा बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

टिप्पणीहरू