वनतिर हिँडेका सिडिओलाई तीन वटा लोकल भाले र १० किलो आलु !

वनतिर हिँडेका सिडिओलाई तीन वटा लोकल भाले र १० किलो आलु !

कोरोना कहरका बेला असार १५ गतेसम्म जिल्लाभरि लकडाउन गरेर बैतडीका प्रमुख जिल्ला अधिकारी जम्बो टिमसहित भाले पार्टीमा रमाएका छन् ।

आज शनिबार डिभिजन वन कार्यालय बैतडीले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालित कार्यक्रम अनुगमन गर्न बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहित सुरक्षा निकायका प्रमुखलाई डिभिजन प्रमुख केशव पराजुलीले बिशेष निम्ता दिएर तीन वटा लोकल भाले र १० किलो आलु खुवाएका हुन् ।

डिभिजन वन कार्यालय बैतडीले आज बिहान ९ः०० बजे बैतडी सदरमुकामको गोठालापानी बजारमा सिडिओदेखि सुरक्षा निकायका प्रमुखलाई भेला गरेर अनुगमन शुरु गरेको थियो ।अनुगमन टिमले त्रिपुरासुन्दरी मन्दिरदेखि देहिमाण्डौं मन्दिर, फर्निचर उद्योग,पात्तालभुमेश्वर मन्दिर र सब वन डिभिजन वन कार्यालय पाटनको नर्सरी हेरेर अनुगमन टिमलाई अपरान्ह ३ः०० नबज्दै सबैलाई एक एक हजार पाँचसय रुपैयाँ भत्तासहित विदा गरेको थियो ।

अनुगमन टिमका सदस्यलाई बीच बाटोबाटै फिर्ता गरेर सिडिओ राजेन्द्रदेव पाण्डे,डिभिजन वन कार्यालय प्रमुख केशव पराजुली लगायत सुरक्षा निकायका प्रमुख बैतडीको खोड्पे हिँडेपछि खोड्पे प्रहरी चौकीलाई तीनवटा भाले र १० किलो आलु खोज्न धौधौ पर्यो ।

सिडिओले लोकल भाले र उसिनेको आलु खाने ईच्छा गरेपछि सुरक्षा निकायका प्रमुखले खोड्पे चौकी ईन्चार्जलाई फोन गरे । ईन्चार्ज लोकल भाले खोज्न हस्याङ्फस्याङ् गर्दै बजारमा दौडेको देखेपछि स्थानीय ब्यापारीले लोकल भाले र आलु खोजिदिएको एक ब्यापारीले बताए ।

शनिवार ३ः०० बजे अनुगमनका टिमका सदस्यलाई पाटनबाट फिर्ता गरेपछि वन कार्यालय प्रमुख केशव पराजुली सिडिओ पाण्डेको गाडीमा चढेर खोड्पेतिर हुँईकिए । टिमका सदस्यलाई दिनभरि अनुगमन गरेपछि मनमा लागेको कुरा पनि राख्न नदिएर प्रजिअले भत्ता बाँड्न लगाएपछि कर्मचारीले खुरुखुरु भत्ता बाँडे ।लोकल भाले र उसिनेको आलु खान हतारिएका सिडिओले डिभिजन वन कार्यालय प्रमुख केशव पराजुलीलाई हतार हतार समीक्षा बिसर्जन गर्न लगाएको अनुगमन टिमका एक सदस्यले बताए ।

कुखुराको भाले र उसिनेको आलु खाएर खोड्पेबाट शनिबार राति ७ बजे हिँडेका सिडिओ पाण्डेले ‘केही अप्ठ्यारो हुँदैन । म छु नि भने’पछि डिएफओ पराजुली मख्ख पर्दै बाहिरिएको स्थानीय ब्यापारीले बताएका छन् ।

२०५३ सालमा बैतडीका सहायक सिडिओ थिए पाण्डे । उनी २०७८ वैशाखमा पदोन्नति पाएर फेरि आएका हुन् । कसैले नमस्कार गरे पनि फर्काउन गाह्रो मान्ने गरेको नागरिक समाज बैतडी अध्यक्ष गणेश ठकुराठी बताउँछन् ।

 

टिप्पणीहरू