अलपत्र अवस्थामा फेला परेकी भारतीय महिलाको उद्दार

अलपत्र अवस्थामा फेला परेकी भारतीय महिलाको उद्दार

बर्दियामा अलपत्र अवस्थामा फेला परेकी एक भारतीय महिलाको उद्दार गरिएको छ ।

शनिबार भारतको बहराईच जिल्ला नानपारा मडैया घर बताउने अन्दाजी २२ देखि ३३ बर्ष उमेरकी सवनम अन्सारीलाई अलपत्र अवस्थामा फेला पारी उद्दार गरिएको हो ।

अलपत्र अवस्थामा फेला परेकी उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको समन्वयमा भारतीय सिमा सुरक्षा बल मुर्तीयामा पुर्याएर जिम्मा लगाएको बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताउनुभएको छ ।

टिप्पणीहरू