तीन मन्त्रीले राजीनामा नदिने

तीन मन्त्रीले राजीनामा नदिने

सर्वोच्च अदालतद्वारा प्रदेश सभाको माननीयमा पुनर्बहाली गरिएका कर्णाली प्रदेश सरकारका तीन एमाले नेताले तत्काल मन्त्रीबाट राजीनामा नदिने बताएका छन् ।

नेकपा एमाले संसदीय दलको बैठकले राजीनामा दिन निर्देशन दिएपनि मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले राजीनामा नदिने भएका हुन् ।

एमालेले फ्लोर क्रस गरी गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलार्इ मत दिएको भन्दै सांसदबाट हटाएपनि सर्वोच्चले गत जेठ २७ गते अन्तिम फैसला नभएसम्म सांसद पद कायम रहने गरी अन्तरिम आदेश दिएको थियो ।

टिप्पणीहरू