बाढी, पहिरो र डुबानमा १७ को मृत्यु, १७ घाइते र २२ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा १७ को मृत्यु, १७ घाइते र २२ जना बेपत्ता

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३, डोटीमा ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १/१ जना रहेका छन् ।

बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३/३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

त्यसैगरी बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् ।

बाढी तथा पहिरोमा परेकामध्ये सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्धार गरिएको छ । उनीहरुलाई पनि उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू