खेल क्षेत्रको विकास गर्ने भन्दै मन्त्रीले मागे सुझाव

खेल क्षेत्रको विकास गर्ने भन्दै मन्त्रीले मागे सुझाव

युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आफू खेल क्षेत्रको विकासको लागि कटिबद्ध रहेको भन्दै खेल क्षेत्रका व्यक्तित्वहरुसँग आवश्यक सल्लाह–सुझाव माग्नुभएको छ ।

शनिबार ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै त्यसका लागि सरोकारवालाहरुसँग सल्लाह, सुझाव माग गर्नुभएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रुपमा भातृत्व र मित्रता बढाएको बताउनुभयो । उहाँले कोभिड १९ को प्रोटोकललाई अपनाएर सुरक्षित हुँदै खेल क्षेत्रलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू