कोरोनाबाट आज ३४ को निधन, २४ सयमा पुष्टि, ३६ सयबढी निको

कोरोनाबाट आज ३४ को निधन, २४ सयमा पुष्टि, ३६ सयबढी निको

कोरोनाबाट आज ३४ जनाको ज्यान गएको छ । २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ६ सय ६० जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार १० पीसीआर तथा ४ हजार ६ सय ८६ एन्टिजेन गरी ११ हजार ६ सय ९६ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमितभन्दा १ हजार २ सय ५९ जना बढी निको भएका छन् । त्यस्तै आज मुलकभर ६० हजार ७ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू