कोरोना महामारीमा विश्वका कुन देश सुरक्षित, कुन असुरक्षित ? « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

कोरोना महामारीमा विश्वका कुन देश सुरक्षित, कुन असुरक्षित ?

प्रकाशित मिति :  ५ असार २०७८, शनिबार १६:३०


एसियामा सबैभन्दा छिटो नागरिकलाई भाइरसबिरुद्धको खोप लगाएर न्यूजिल्याण्डलाई पछि पार्दै सिंगापुर पहिलो नम्बरमा उक्लिएको छ । सिंगापुरले सीमानाकामा कोरोना रोकथामको निम्ति कडा मापदण्ड लागू गरेसँगै संक्रमणदर झन्डै शुन्यमा झरेको छ । अहिले सिंगापुरको सामाजिक जनजीवन कोरोना महामारी अघिको अवस्थामा फर्केको छ ।

सिंगापुरको अगाडि कारोना भाइरस नियन्त्रणमा अब्बल ठानिएका न्यूजिल्याण्ड, अष्ट्रेलिया र ताइवान जस्ता देश समेत पछाडि परेको बताइन्छ । फ्रान्स र चिली जस्ता देशहरुमा भाइरसका नयाँ प्रजातिको विकाससँगै खोप प्रभावकारितामा चुनौति थपिएको बताइन्छ ।विश्वमा हालसम्म कोरोनाविरुद्धको खोप एक अर्बभन्दा बढी डोज बनिसकेको छ । तर पनि भारत जस्ता तुलनात्मक रुपमा गरिब र धेरै जनघनत्व भएका राष्ट्रहरूले संक्रमणकोस्तरलाई नयाँ उचाइमा पु¥याइरहेका छन् । स्वयम् उनीहरुले नै आफना नागरिकलाई लगाउन पर्याप्त मात्रामा खोप पाइरहेका छैनन् ।

अर्कोतर्फ कोरोना महामारीका कारण लकडाउन खेपिरहेका अविकसित र गरिब देशका नागरिकहरुले भने सामाजिक सञ्जाल मार्फत् धनी देश र खोपबारे रिस पोखेको देखिन्छ । ब्लुमबर्गले लेखेको एउटा समाचारमा टिप्पणी गर्दै पाठकहरुले आक्रोश पोखेका हुन् ।

धनि देशले खोप लगाएर सुरक्षित भएको महशुस गरिरहँदा अतिकम विकसित मुलुकका एकजनाले लेखेका छन् ‘विश्वका सबैजना सुरक्षित नभएसम्म कोही पनि पूर्ण रुपले सुरक्षित हुँदैन । अन्य देशमा खोप नलगाएका मानिस छउञ्जेले धनी राष्ट्रमा पनि नयाँ प्रजातीको कोरोना फैलिने सम्भावना रहने भएकाले धेरै खुशी हुन आवश्यक छैन ।’


प्रतिक्रिया दिनुहोस !