मन्त्री ज्वालाद्वारा कृषिमा ज्वाला ल्याउने भन्दै क्रान्तिको उद्घोष

मन्त्री ज्वालाद्वारा कृषिमा ज्वाला ल्याउने भन्दै क्रान्तिको उद्घोष

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागू गरेर खेतीयोग्य जमिनलाई शहरीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भूउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले कृषिमा धेरैजसोमा मुलुक छिट्टै आत्मनिर्भर हुनुपर्ने बताउँदै भुउपयोग नीति लागू गर्दा खेतियोग्य भूमी शहरीकरण हुनबाट रोकिने बताउनुभएको हो । यसअघिका मन्त्रीहरुले पनि यस्तै धारणा व्यक्त गर्दै आए पनि मुलुक अहिलेसम्म कृषिमा उँभोभन्दा उँधो लागिरहेको छ । अधिकांश कृषि उत्पादनको निम्ति विदेशमा भर पर्नुपर्ने अवस्था बन्दै गएको छ ।

मन्त्री साहले बेरोजगार युवाहरुलाई विदेश जानबाट रोक्न कृषिमा क्रान्ति ल्याउनुपर्ने बताउँदै माटो परीक्षणका लागि ‘सोयल हेल्थ कार्ड’ को व्यवस्था गरिने बताउनुभयो । हेल्थ अर्थात् ‘स्वास्थ्य’ सर्वसाधारण किसानको पनि त्यस्तै दयनीय छ, उनीहरुको स्वास्थ्य चाँहि सम्भवतः स्वास्थ्य मन्त्रालयको जिम्मामा पर्छ ।

टिप्पणीहरू