संयुक्त राष्ट्र संघको प्रतिष्ठित पुरस्कार भारतका जलवायु अभियन्तालाई

संयुक्त राष्ट्र संघको प्रतिष्ठित पुरस्कार भारतका जलवायु अभियन्तालाई

यस वर्षको संयुक्त राष्ट्र संघको प्रतिष्ठित अवार्डबाट भारतका जलवायु अभियन्ता श्यामसुन्दर ज्यानी पुरस्कृत भएका छन् । उनी ‘ल्याण्ड फर लाइफ अवार्ड’ बाट पुरस्कृत भएका हुन् । उक्त पुरस्कार बिहीबार युएन कन्भेन्सन टु कमब्याट डिसेरिफिकेशन (यूएनसीसीडी) द्वारा सार्वजनिक गरिएको हो ।

राजस्थानको बिकानेरमा समाजशास्त्रका प्रोफेसर श्यामसुन्दर १५ वर्षभन्दा बढी समयदेखि फमिलयल फरेस्ट्री अर्थात् पारिवारिक वनको लागि निकै ठूलो अभियान चलाउदै आएका छन् ।

युएनसीसीडीले उक्त अभियानलाई ‘श्याम सुन्दर ज्यानीको अद्वितीय अवधारणा जसले एक रूखलाई परिवारसँग सम्बन्धित गर्दै यसलाई हरियो परिवारको सदस्य बनाउँछ’ भन्दै प्रशंसा गरेको छ ।

उनलाई युएनसीसीडीले संसारभरिका १२ जना उम्मेदवारमध्ये ‘ल्याण्ड फर लाइफ अवार्ड २०२१’ को लागि छनोट गरेको हो ।

सन् २०११ मा यूएनसीसीडी सीओपी (कन्फेरेन्स अफ पार्टीज) ले शुरू गरेको ‘द ल्याण्ड फर लाइफ अवार्ड’ लााई भूमि संरक्षण र पुनस्र्थापना सम्बन्धमा विश्वकै सर्वोच्च र प्रतिष्ठित पुरस्कारको रूपमा लिइन्छ ।

यस वर्षको विषयवस्तु ‘स्वस्थ भूमि, स्वस्थ जीवनहरू’ रहेको छ । पुरस्कृत भएपछि ज्यानीले भनेका छन् ‘मरुभूमि राजस्थानबाट सुन्दर हरियो राजस्थानतर्फको यात्रा मेरो लागि सपना हो, यस दिशामा फमिलयल अभियान मेरो समर्पित प्रयास हो ।’

टिप्पणीहरू