धादिङको रुबिभ्यालीमा पहिरोले पुरिएर दुई जना बेपत्ता

धादिङको रुबिभ्यालीमा पहिरोले पुरिएर दुई जना बेपत्ता

धादिङमा पहिरोमा परिएर दुई जना बेपत्ता भएका छन्। धादिङको रुबि भ्याली गाउँपालिका-२ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटरसहित दुई जना पुरिएका हुन्।

शुक्रबार साँझ सेर्तुङ र तिप्लीङको अता खोला भन्ने ठाउँमा भिर माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए ।

वेपत्ता हुनेहरुमा डोजर सहचालक रुबीभ्याली-५, का जोजो तामाङ र डोजर चलाक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली रहेको प्रहरीले जनाएको छ ।

आज बिहानबाट अर्को डोजरले पहिरो पन्छाएर पुरिएर टुक्राटुक्रा भएको डोजर निकाल्ने र बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ । स्थानीयका अनुसार संगै सडक खनिरहेका ३ ओटा डोजर मध्य एउटा डोजरलाई पहिरोले लागेको हो ।

घटना लगत्तै उद्धारको प्रयास भएपनि वर्षाका कारण समस्या भएको थियो।

टिप्पणीहरू