आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार प्रदेश नम्बर १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा वर्षा हुने जनाएको छ । आज दिनभर सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ ।

मुलुकका धेरै स्थानमा धेरथोर वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन र चट्टयाङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकाध स्थानमा भने मेघगर्जन र चट्टयाङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ ।

टिप्पणीहरू